एक निर्दयी दिदीले आफ्नै बहिनीलाई गराईन सामुहिक बलात्कारपछि हत्या

एजेन्सी, पैसाको लोभमा एक निर्दयी दिदिले आफ्नै बहिनिलाई सामुहिक बलात्कार गराएकी छिन् । वास्तवमा पिडित बालिका बहिनि नभएपनि आफ्नै फुपुको छोरी भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनले १ हजार रुपैयामा आफ्नै नाजायज सम्बन्ध भएको ३ पुरुषहरुलाई आफ्नो बहिनि बेचेकी हुन्।

प्रहरीले अनुसन्धानमा पत्ता लगाएअनुसार ती युवतीलाई गाउँकै तीन जना युवकले हजार रुपैयाँको लोभ दिएर अर्की केटी पनि ल्याउन भनेका थिए । त्यही पैसाको लोभमा उनले आफ्नै फुपुकी छोरी १२ वर्षीय बहिनीलाई लिएर गइन् । गाउँमा मेला हेर्न भन्दै लिएर गएकी ती युवतीले बहिनीलाई ३  युवकलाई जिम्मा लगाईन ।

त्यसपछि ३ युवकहरुले ती बालिकालाई बलात्कार गर्न खोजेपछि बालिका जोडजोडले चिच्याउन थालिन् । उनी चिच्याएपछि ती युवकले बालिकाको मुख र घाँटी थिचे । जसका कारण ती बालिकाको घटनास्थलमै मृत्यु भयो । मृत्युपछि सबैले मिलेर लाशलाई तलाउमा फलिदिए । सुरुमा केही बताउन नखोजेकी ति युवतीलाई प्रहरीले कडाइका साथ प्रश्न गरेपछि उनले सबै कुरा बताएकी हुन् । भारतको बिहार मधुवनीकी ती युवतीले आफ्नी बहिनी बेचेको स्वीकार गरेकी हुन् ।

 

 

प्रकाशित : आइतबार, असोज ०१, २०७४१९:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टाउकोमा बोतल अड्काउन सक्ने असाधारण मानिस जसले लेखाए गिनिज बुकमा नाम