एजेन्सी, असोज ११ गते बुधबार राति १२ः५७ बजे बुध ग्रहले घर अर्थात राशि परिवर्तन गरेर कन्या राशिमा प्रवेश गर्दैछ । साथै बुध ग्रह असोज २८ गतेसम्म कन्या राशिमा रहनेछ।
बुध ग्रहले राशि परिवर्तन गरेर कन्या राशिमा जाँदा अन्य राशीलाई कस्तो प्रभाव पर्छ ? :
मेष राशि: बुध ग्रहले राशि परिवर्तन गर्दा मेष राशी हुनेहरुको आर्थिक स्थितिमा सुधार आउछ। साथै विवाहको योग बन्ने, वैवाहिक जीवनमा सम्बन्ध झन् गाढा हुने र नयाँ प्रेम सम्बन्ध स्थापित हुन सक्नेछ।
वृष राशि: वृष राशि भएका मानिसहरुलाई भने बुध ग्रहले कन्या राशिमा प्रवेश गर्नु असुभ हुनेछ । अनावश्यक खर्च बढ्ने लगायत आर्थिक संकट आउन सक्ने सम्भावना रहेको छ ।
मिथुन राशि: बुध ग्रहले राशी परिवर्तन गर्नु यो राशिको लागि असुभ रहेको छ । यो राशि भएका मानिसहरुलाई मानसिक तनाव बढ्नुका साथै काममा मन नलाग्ने हुनेछ ।
कर्कट राशि: यो राशि भएका मानिसहरुलाई भने बुध ग्रहको राशी परिवर्तन शुभ रहेको छ । कर्कट राशि भएका मानिसहरुको जीवनमा ठुलो परिवर्तन आउने र सुरुवातमा त्यति राम्रो नभए पनि बिस्तारै राम्रो हुदै जाने समय रहेको छ ।
सिंह राशि: बुध ग्रहको राशी परिवर्तनले यो राशी भएकाहरुले गरेका काममा सफलता हात पार्ने र सोचेका कार्यहरु पुरा हुने जस्ता फाईदा रहेको छ।
कन्या राशि: बुध ग्रह राशी परिवर्तन गरेर कन्या राशिमा नै आउने भएकोले यो राशिको लागि अत्यन्तै शुभ समय रहेको छ । भगवान विष्णुको पूजा-पाठ गरे देखि निकै लाभ मिल्ने छ ।
तुला राशि: यो राशि भएका मानिसहरुलाई भने बुध ग्रहको राशी परिवर्तन शुभ मानिएको छैन। बुध ग्रहले राशी परिवर्तन गर्दा यो राशिलाई साना-साना समस्याहरुले तनाव दिने गर्दछ।
वृश्चिक राशि: यो राशि भएका मानिसहरुलाई भने मध्यम प्रभाव पर्नेछ । साथीहरुको सहयोग मिल्ने छ भने मानसिक रुपमा तनाब बढ्ने छन् ।
धनु राशि: यो राशि भएका मानिसहरुलाई भने केही नराम्रो हुनेको संकेत देखिन्छ । प्राय: गरेका प्रयासहरुमा सफलता मिले पनि सुरु गरिएको काम भने पुर्ण हुदैन ।
मकर राशि: मकर राशि भएका व्यक्तिहरुको नीजि जिन्दगीमा केही समस्या आउन सक्छ भने सन्तानसँग मनमुटाब हुनेछ ।
कुम्भ राशि: कुम्भ राशि भएका मानिसहरुको लागि पनि बुध ग्रहको राशी परिवर्तन अशुभ रहेको छ। काममा सफलता मिल्ने छैन भने घर-परिवार र नीजि जीवनमा ठुलो समस्या थपिन सक्नेछ ।
मीन राशि: बुध ग्रहको राशी परिवर्तन यो राशि भएका मानिसहरुलाई शुभ रहेको छ । यो राशि भएका मानिसहरुमा नम्रता त व्यवहारमा सुधार ल्याउन जरुरी छ। तसर्थ: कोहिसँग झगडा पर्न सक्नेछ ।