आज देखि नवरात्री शुरु, के-के खाना खान हुन्छ के-के हुदैन ?

काठमाडौँ – आजदेखि नवरात्री सुरु भएको छ। यी नौ दिनमा, भगवान दुर्गा को नौ अवतारको पूजा गरिन्छ। यस समयमा, भक्तहरू बिहान सबेरै उठेर नृत्यकर्म सकेर देवी दुर्गाको पूजाआजा गरि आशीर्वाद लिने प्रचलन छ।

कतिपय भक्तहरूले देवी दुर्गा माताको कृपा पाउने विश्वासले नौ दिन सम्म वर्त तथा उपवास पनि बस्ने गर्छन् । धार्मिक रुपमा मात्र नभईकन बैज्ञानिक रुपमा पनि यो नवरात्रीभरी तल उल्लेख गरिएको खाना नखाए स्वास्थ्यलाई फाईदा हुने बैज्ञानिकहरुको भनाई छ । यो समय शरद ऋतुबाट चिसो मौसममा परिवर्तन हुने भएकाले हाम्रो शरीरको इम्‍यूनिटी पावर कम हुने गर्छ यस्तो अवस्थामा यी तल उल्लेखित (ओएली र जम्स फुड) खाना नखान विज्ञहरुले सुझाएका छन् ।

१ मांसाहारी खाना
चिकन, मटन, माछा, अण्डा र अन्य मांसाहारी खाना बाट टाढा रहे उचित हुन्छ ।

२ प्याज र लसुन
मौसममा परिवर्तनहरू र धार्मिक आस्थालाई विचार गर्दा प्याज र लसुन बिना खाना बनाउन आयुर्वेदकहरु सल्लाह दिन्छन् ।

३ दाल र फलफूल
बर्त बसेका भक्तहरूलाई बर्तको अवधिभर दाल र फलफूल नखान तर आलु, अरबी,गाजर, लौका जस्ता सब्जिहरु खान हुने सल्लाह दिएका छन्।

४ नुन
बर्तको समय अबधि भर साधारण नुनको प्रयोग नगर्न र त्यसको सट्टा सेंधा नुनको प्रयोग गर्नका लागि सल्लाह दिन्छन् ।

५ चामल
बर्तको समयमा चामल पनि खाना नहुने त्यसको एस् सट्टा साबुदाना खान आग्रह गरेका छन् ।

अन्य आटा, तरकारीमा हाल्ने मसलाहरू, खैनी, चुरोट, रक्सी जस्ता पदार्थहरुको सेवनमा प्रतिबन्ध लगाईएको छ ।

प्रकाशित : शुक्रबार, असोज ०६, २०७४१२:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व, यसरी मनाईन्छ महाअष्टमी पर्व