एजेन्सी, बुधबार कोतवाली क्षेत्रमा १६ वर्षीय युवती घरबाट भागेर ट्रेनको अगाडी दौडिनको लागि रेलवे ट्रयाकमा पुगिन्। यो कुरा परिवारले थाहा पाउनासाथ युवतीको आमा र भाइ उनलाई लिनको लागि रेलवे ट्रयाकमा पुगे ।
उनीहरु पुग्नासाथ ति युवती झन् छिट्टो भाग्न थालिन् । तर परिवारले उनलाई केहि समयमा नै समाते । त्यसपछि उनलाई धेरैबेर सम्झाएर घर लाने प्रयास गरे तर उनि घर जान तयार नभएपछि उनका २ जना भाइहरुले रेलवे ट्रयाकबाट उनको दुवै हात समाएर घिसार्दै घर लगेका हुन् । यो देखेर त्यहाँ आसपासका मानिसहरु रेलवे ट्रयाकमा पुगे तर कसैले पनि युवतीको भाईहरुलाई रोक्ने कोशिस नगरेको भारतीय संचारमाध्यमले उल्लेख गरेको छ । साथै युवतीको आमाले आफ्नो छोरीको मानसिक स्थति ठिक नभएको र उनको उपचार चलिरहेको बताएकी छिन् ।