आकाशगंगाको केन्द्र नजिकैको भेटियो ब्ल्याक होल

टोक्यो :  आकाशगंगाको केन्द्र नजिकै एउटा ठूलो ब्ल्याक होल फेला परेको छ। यो  ब्ल्याक होल लग-भग हाम्रो सूर्य भन्दा करिब एक मिलियन पटक ठूलो रहेको अनुमान गरिएको छ। यदि यो ब्ल्याक होल भएको पूर्ण रुपमा पुस्ठी भएमा यो अहिले सम्म पत्ता लागेका ब्ल्याक होल मध्यको दोस्रो ठुलो ब्ल्याक होल हुनेछ। सबै भन्दा ठुलो ब्ल्याक होल आकाशगंगाको केन्द्रमा भएको ‘ सैगीटेरियस’ लाई मानिदै आइएको छ। यस ब्ल्याक होल हानिकारक रसायनको बादलले घेरेको अवस्थामा रहेको बताएको छ।

 

जापानको ‘ की कीओ यूनिवर्सिटी’ का  अंतरिक्षयात्रीहरु चिलीमा ‘अल्मा टेलिस्कोप’ को प्रयोग गरेर उक्त बादलको अध्यान गरिरहदा उक्त बादल को गति देख्दा अंतरिक्षयात्रीहरु अचम्मित हुन पुगेका थिए। त्यो बादलको झुण्ड कुनै सक्तिबाट आकर्सित गरिरहेको पहियो भने। यी बादलहरु आकाशगंगाको केन्द्रबाट लगभग 200 प्रकाश वर्ष टाढा थिए भने  150 खर्ब किलोमीटरको दयरामा फैलिएका थिय तर तिब्रगति बाट आकर्षण हुनुले त्यहाँ ब्ल्याक होल भएको हुन सक्ने वैज्ञानिकहरुको आकलन रहेकोछ।

 

वैज्ञानिकहरुले यस ब्ल्याक होलको क्षेत्रफल  1.4   खर्ब किलोमिटर जति हुने आकलन गरेका छन्।  वैज्ञानिकहरूले बादलको केन्द्रबाट आउने रेडियो लहरहरूको जांच गर्दा पनि ब्ल्याक होल भएको पुस्ठी भएको हो। यस ब्ल्याक होल कुनै बेला एउटा सानो तारामंडलको केन्द्र भएको हुन सक्ने बताएका छन्।

 

प्रकाशित : बिहिबार, भदौ २९, २०७४२१:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी २ युवकहरुले आफ्नै बहिनिलाई यसरी घिसार्दै घर लगेपछि खुल्यो यस्तो रहस्य