विश्वका यी १० डरलाग्दा देशहरु जहाँ जान मानिस असाध्यै डराउछन् [तस्विर सहित]

एजेन्सी, विचित्रको यो संसारमा कैयौ रहस्यहरुले भरिपुर्ण छन्। केही यस्ता रहस्यमये र डरलाग्दा ठाउहरु छन् जाहाँ मानिसहरु जान डराउँछन् र जानको लागि रोक पनि लगाइएको छ। विश्वास गर्न गारो हुन्छ तर वैज्ञानिकहरुले प्रमाणित गरेका छन्। संसारका यी ठाउँहरुको बारेमा जानी राँखौ।

१. स्लिन स्टोन चीन – चीनको युयान प्रान्तमा रहेको स्लिन स्टोन क्षेत्रमा चट्टानहरु पनि रुख जस्तै लामा र अग्ला हुन्छन् ।

२. रिचाट स्ट्रक्चर – उल्का पिण्ड खसेको कारणले बनेको हुन सक्ने अनुमान गरिएको मोरिटेनियाको रेगिस्तान नामक क्षेत्रमा सर्पको कुण्डली जस्तै आकार भएको एक विशाल गोलाकार क्षेत्र छ ।  जसलाई जमिनबाट नियाल्न सकिदैन तर आकासबाट भने देख्न सकिन्छ ।

३. सोलार द उयुनी, बोलीभिया – जमिन र आकाशको फरक छुट्याउन गारो पर्ने १० वर्ग किलोमिटर भन्दा बढि क्षेत्रमा फैलीएको यो समथलमा थोरै पानी र बढि नुनको मात्रा रहेकोले रहस्यम मिराकल देखापर्छ ।

४. सेलिङ स्टोन क्यालीफोनीया – हालसम्म कुनैपनि वैज्ञानिकले पत्ता लगाउन नसकेका यस क्षेत्रको रहस्य अझै गुमनाम छ । यस क्षेत्रमा कैयौ चट्टान जमिनमुनि भासिएका छन् त कैयौ जमिनमाथि, जहाँ कहिल्यै काहीआफै बाटो समेत देखा पर्ने गर्छ।

५. एर्टनल फ्लेम फल्स, न्युयोर्क – यो एउटा सानो झरना हो, जहाँ पानीसँगै आगोको ज्वाला देखिन्छ । जमिनमुनि अत्यधिक मिथेन ग्यास भएकोले यहाँ पानी मुनीबाट पनि जलिरहेको आगोको ज्वाला देखिने गर्दछ।

६. आओकिधारा, जापान – यो एउटा करिब ३५०० हेक्टर क्षेत्रमा फैलीएको भयानक जंगल हो। जहाँ सन् १९६५ देखि अहिलेसम्म ५०० भन्दा बढि मानिसले आत्महत्या गरिसकेका छन्। साथै यसलाई सुसाइड जंगल नामले पनि चिनिन्छ।

७. रक्त झरना – वरफले घेरिएको अन्टार्टिका महादेशमा एउटा यस्तो ठाउ छ जहाँ रगत जस्तो रातो झरना देखिन सकिन्छ। वैज्ञानिकका अनुसार झरनामा आइरन अक्साइड र अन्य तत्व मिसिएर आउने हुनाले यस्तो देखिन्छ।

८. कानो क्रिस्टल, कोलम्विया – विश्वकै सुन्दर मानिने यस नदी अरु समयमा सामान्य देखिए पनि सेप्टेम्बर र नोभेम्वर महिनामा रङ बदलिएर रातो, पहेलो, निलो कलरको देखिने गर्दछ। वैज्ञानिकका अनुसार जमिनमुनि विभिन्न विरुवा उम्रिने कारण नदीको रङ्ग यस्तो देखिएको हो ।

९. मोएराकी वोल्डर्स, न्युजिल्याण्ड – दक्षिण न्युजिल्याण्डमा रहेको यो समुद्रमा करोडौको संख्यामा रहेका १२ फिटको गोलाई आकार भएका ढुंगाहरु आफै च्याउ आकारमा परिणत हुदै जान्छन् । वैज्ञानिक अनुसार जीवको शरिरमा रहेको फस्फोरस र मिनरल्सको कारण त्यहाको ढुंगामा यस्तो असर परेको हो ।

१०. नर्वे-नर्वेको लोन्गीवाएन – हरेक वर्ष यस क्षेत्रमा २० अप्रिल देखि २३ अगस्टसम्म सुर्य कहिल्यै अस्ताउदैन । अर्थात् लगभग ४ महिनासम्म रात पर्दैन । वैज्ञानिक अनुसार वायोलोजिकल फरकपनाका कारण यस क्षेत्रका धेरै जसो व्यक्तिलाई मानसिक समस्या हुन्छ ।

 

प्रकाशित : बुधबार, भदौ २८, २०७४१९:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यि निर्दयी आमा जसले आफ्नै छोरीलाई ब्यागमा प्याक गरि कुरियर गरिदिएपछि…