एजेन्सी, चीनमा एक आमाले केही दिनअघि जन्मिएकी छोरीमाथि यस्तो व्यवहार गरेकी छिन्, सायद जोकोहीलाई पनि विश्वास गर्न गाह्रै हुन्छ । चीनको सिचुआन प्रान्तमा एक महिलाले आफ्नी नवजात शिशुलाई प्लास्टिक ब्यागमा प्याक गरेर अनाथालयमा कुरियर गरिदिएकी छिन् ।
उनले प्लास्टिकको झोलामा पठाउने व्यक्तिको फर्जी नाम लेखेर प्याक गरेकी थिइन् । कुरियर ब्वाइका अनुसार ती महिलाको सामान लिनुपूर्व उनले एकपटक त्यसको परीक्षण गर्न चाहेका थिए । तर, महिलाले परीक्षण गर्न नपर्ने भन्दै हतारमा उम्कने प्रयास गरेकी थिइन् । महिलाले परीक्षण गर्न नमानेपछि ती व्यक्ति प्याकेज बोकेर अनाथालय हिँडेका थिए । नयाँ पत्रिकाले छापेको छ ।
बीचबाटोमा पुग्दा कुरियरका लागि ब्यागभित्रको सामान चलमलाउन थालेपछि उनलाई थप कौतुहल लाग्यो र तत्काल प्रहरीलाई खबर गरे । उनले बच्चा रोएको आवाज पनि सुने । प्याकेज खोलेर हेर्दा उनले त्यसमा नवजात बालिका भेटे । पेइचिङ न्युजका अनुसार, कुरियरबारे उनले तत्काल प्रहरीलाई सूचना दिए । पुलिसले महिलालाई तत्काल नियन्त्रणमा लिएर बालिकालाई उपचारका लागि अस्पताल पुर्याएको थियो । बालिका निदाएको समयमा उनले प्याकेटमा राखेर कुरियर गरेकी थिइन्