बसमा यात्रा गर्दा परेवाको टिकट नभएपछि जाँचकर्ताले मागे स्पष्टीकरण

एजेन्सी, भारतको तमिलनाडूकोमा भएको एउटा सामान्य घटना सुन्दा अपत्यारिलो लाग्ने तर यो वास्तविक हो।तपाईले बसमा यात्रा गर्दा परेवा अर्थात् अन्य कुनै चराचुरुगींको टिकट काट्नुपर्ने नियम सायद सुन्नुभएको छैन होला। तर भारतमा एक टिकट जाँचकर्ताले बसका कन्डक्टरसँग टिकट नकाटेको भन्दै विवाद मच्चाएको छ।

तमिलनाडुको परिवहन निगमको एउटा बस एलावडीतर्फ जाँदै गर्दा एक यात्रुको सिटमा एउटा परेवा उडेर बस्यो । सोही क्रममा बसका टिकट जाँच गर्ने जाँचकर्ताले सबै यात्रुको टिकट चेक गरे । त्यसपछि उनको नजर एकजना यात्रुको छेउमा झ्यालमा बसिरहेको परेवामाथि पर्यो । र उक्त जाँचकर्ताले  परेवाको टिकट देखाउन ती यात्रुलाई आदेश दिएपछि दुवै जनाबीच निकै समय विवाद चल्यो । र  ति यात्रुले जाँचकर्तालाई कन्डक्टरले परेवाको टिकट नकाटिएको जवाफ दिए। त्यसलगतै बसका टिकट जाँचकर्ताले  कन्डक्टरको नाममा एक सूचना जारी गर्दै स्पष्टीकरण माग गरेका छन् ।

प्रकाशित : मङ्गलबार, भदौ २७, २०७४१९:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलात्कारी बाबाका लागि सुन्दर युवती तयार पार्ने यी विषकन्याबारे खुल्यो यस्तो रहस्य