एजेन्सी, बलात्कारी बाबा राम रहिमको बारेमा दिनप्रतिदिन गोप्य रहस्य बाहिरिरहेको छ। केहि हप्ता अघि उनलाई भारतीय अदालतले दुई साधु महिलामाथि बलात्कार गरेको आरोपमा दोषी ठहर गर्दै जेल चलन गरेको थियो। अहिले उनि जेलमा आफ्नो गल्तिको सजाय भोग्दै छन्।
जेलमा रहेका बाबालाई बलात्कार गर्न सहयोग पुर्याउने विषकन्या नाम रहेकी एक युवतीको बारेमा अर्को अनौठो कुरा खुलासा भएको छ । विषकन्याले बाबाको डेरामा बस्ने युवतीहरु मध्ये केहि सुन्दर युवतीहरुलाई बाबाको ओछ्यानसम्म पुर्याउने, युवती तयार पार्ने तथा तथा बाबाको खानपिन देखि कपडासम्मको व्यवस्थाका लागि ती युवतीको हात रहेको अनुसन्धानले देखाएको छ ।
विषकन्याले नपढेका र हेर्दा राम्री देखिने युवतीलाई बोलाएर बाबाको डेरामा सञ्चालित विद्यालयमा पढाउने वा अरू कुनै राम्रो काममा लगाउने गर्थे। तर हेर्दा सोजो र कुरुप महिलाहरुलाई भने खाना बनाउनेदेखि लिएर मञ्ज सजाउनेसम्मका काममा खटाउने गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेको छ । साथै सबै युवतीहरुमध्ये अति नै सुन्दर युवतीहरुलाई भने दोस्रा साधु युवतीहरु देखि टाढा राखी बाबासँग सुत्नका लागि तयार गर्थे। विषकन्याले सुन्दर युवतीलाई यस्तो गल्र्स होस्टलमा राखिदिन्थे जहाँबाट बाबाको गुफामा सजिलै पुग्न सकिन्छ।
त्यस्तै, यदी कुनै साधु युवतीले बाबा राम रहीम वा विषकन्याका बारेमा गलत बोलेमा कुटपिट गर्ने, खान नदिने जस्ता यातना दिइन्थ्यो। बाबाको सुत्ने कोठामा युवतीहरुलाई पिताजी की माफी दिइन्थ्यो । यसको अर्थ बाबा राम रहीमसँग सुत्ने कोडवर्ड अर्थात् सांकेतिक भाषा थियो ।