रातको समयमा नगर्नुस यी ७ गल्तिहरु जसले अनावश्यक रुपमा तौल बढाउछ…

एजेन्सी, अनावश्यक रुपमा तौल बढ्नु स्वास्थ्यको लागि राम्रो होइन । तौल बढ्नुको धेरै गल्तिहरु मध्ये खानपीनमा ध्यान नदिनु पनि एक हो।

सुत्नुअघि के-के गर्दा तौल बढ्छ ? तौल बढ्नुका गल्तिहरु यस्ता छन् :

१. बेलुका खान नखाने: बेलुका खान नखाने मानिसको शरीरमा मेटाबोलिज्म ढिलो हुन्छ।  जसले गर्दा बिहानको समयमा धेरै खान रुच्छ। जसले गर्दा अनावश्यक रुपमा मानिसको तौल बढ्ने गर्छ।

२. कार्बोहाइड्रेड भएको खाना: धेरैजसो बाहिर पाउने खानाहरु पिज्जा, पास्ता, म:म चाउमिन आदिमा क्यालोरीको मात्रा बढी हुने भएकोले यस्ता खाना रातिको समयमा खाने मानिसको तौल बढ्ने गर्छ ।

३. तारेको खाना: मानिसको शरीरले रातको समयमा क्यालोरी पचाउँन सक्दैन । तारेको खानाले शरीरमा क्यालोरीको मात्रा बढाउछ। जसले गर्दा शरीरको तौल अनावश्यक बढ्ने गर्छ। त्यसैले राति सुत्नुअघि उसिनेको र तेल कम भएको खाना खानुपर्छ ।

४. सुत्नुअधि गुलियो चिज खानु: मिठाईमा बढी क्यालोरी हुने भएकोले यसले मोटोपना बढाउँछ। त्यसैले सुत्नअघि मिठाई नखानु स्वास्थ्यको लागि राम्रो हुन्छ ।

५. खाना खाने बितिकै सुत्नु: यस्तो बानीले गर्दा हामीले रातको समयमा खाएको कुराहरु हाम्रो शरीरले पचाउन सक्दैन जसले गर्दा हाम्रो तौल बढ्दै जान्छ ।

६. राती ढिलो सुत्नु: राती ढिलो सुत्नाले निन्द्रा पुरा हुदैन। निन्द्रा पुरा नभएपछि हाम्रो शरीरको मेटाबोलिज्म ढिलो हुन्छ। जसले गर्दा “फैट बर्न” हुँदैन र बढी भोक लाग्ने गर्दछ । यसको कारण तौल बढ्ने गर्दछ।

७. कफि वा मदिरा पिउनु : राति सुत्नुअघि कफि वा मदिरा पिउनाले निन्द्राको समस्या हुनसक्छ । एम्प्टी क्यालोरीका कारण तौल बढ्न सक्छ । त्यसैले यसको सट्टा एक कप ग्रिन टीमा सकेसम्म चिनी नहाली खादा स्वास्थ्यको लागि राम्रो हुन्छ ।

प्रकाशित : मङ्गलबार, भदौ २७, २०७४१३:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सावधान! दशैंमा खसी किन्दै हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुस्, नत्र लाग्नेछ घातक रोग