यी नायकले आफ्नी छोरीलाई ओठमा चुम्बन गरेको तस्विर सेयर गरेपछि…

एजेन्सी,  हंगकंगका नायक (६२) जोसफ लीले आफ्नो छोरीसँग चुम्बन गरेको तस्विर यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ । भाइरल मात्रै नभएर उनले उक्त फोटो सेयर गर्ने बित्तिकै उनीमाथि सामाजिक संजालमा गालिको वर्षा भैरहेको छ। तस्बिरमा जोसेफले आफ्नी १५ वर्षीया छोरीलाई ओठमा चुम्बन गरिरहेको देखिन्छ ।

जोसेफले सामाजिक संजाल बिबोमा आफ्नी छोरी चेरीको १५ औं जन्मदिनको फोटो सेयर गरेका छन् । उक्त तस्बिरमा उनी आफ्नी छोरीको ओठमा चुम्बन गरिरहेको देख्न सकिन्छ । तस्बिर अपलोड हुन बित्तिकै मानिसहरुले विभिन्न नकारात्मक प्रतिक्रिया दिनुको साथै मानिसहरुले यसलाई निच व्यवहार भन्न सुरु गरेका छन्  । तर केहि मानिसहरुले भने जोसेफको समर्थन गरेका छन् । उनका समर्थकहरुले तस्बिरमा गलत देख्नेहरुको सोच नै गलत भएको बताइरहेका छन् ।

सामाजिक संजालमा उनको उक्त फोटोलाई नराम्रो प्रतिक्रिया जनाउने मानिसहरुलाई जोसफले मेसेज गरेर स्पष्टिकरण दिएको बताएका छन्। यसमा कुनै पनि नकारात्मक भावना नभएको र  जोसफले आफ्नो छोरो चेरीलाई बाल्यवस्थादेखि नै ओठमा चुम्बन गर्ने गरेको बताए । जोसेफको अनुसार आफुले एक पिताको रुपमा नै आफ्नी छोरीलाई चुम्बन गरेको र यो तस्बिरमा कुनै आपत्ति नभएको जनाएका छन् ।

त्यस्तै, उनको छोरी चेरिले पनि चुम्बन गर्नु कुनै नकारात्मक भावना नभएको बताएकी छिन् । साथै चेरीले  यदि यो तस्बिरमा केही अश्लिल देखिएको छ भने मानिसहरुको हेर्ने दृष्टिकोण नै गलत भएको बताएकी छिन् ।

 

प्रकाशित : शुक्रबार, भदौ २३, २०७४१६:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुक्रकीट सम्बन्धी रोचक १० तथ्य…