शुक्रकीट सम्बन्धी रोचक १० तथ्य…

एजेन्सी – पुरुसको वीर्यमा रहने शुक्रकीटको बारेमा धेरै जसोलाई था नहोला तर शुक्रकीटबारे कही यस्ता तथ्यहरु छन् जुन बुझिराख्हन जरुरी  छ।
अझै पनि मानिसहरु यौनबारे सम्बन्धित कुराहरु गर्न लजाउने गर्दछन्। तर यौन सम्बन्धी कुराहरु जान्नु र  आफूमा हुने यौनिक प्राकृतिक गुण तथा स्वरुपबारे जानकारी हुनु आवश्यक छ। पुरुषहरुमा हुने शुक्रकीटबारे केही यस्ता रोचक तथ्यहरु छन्, जुन यस प्रकार रहेका छन्।

  • – वीर्यमा रहने शुक्रकीटलाई हाम्रो नाङ्गो आँखाले देख्न असम्भव छ त्यसैले यसलाई उपकरण बाट हेर्दा भ्याकुताको बच्चा चेपागाँडा जस्तै आकारको हुन्छ।
  •  शुक्रकिटको आयू केही घण्टाको मात्र हुन्छ । एक पटकको स्खलनमा करिब ५० करोड सम्म शुक्रकिट महिलाको योनीभित्र प्रवेस गर्छन्। धेरे जसो घण्टा भरमै मर्छन भने अन्तमा एउटा मात्र शुक्रकिटले गर्भाधारण गराउछ।
  •  हालै शुक्रकीटमा भएको एक अनुसन्धान अनुसार श्रीङ्गार लगाएत सनस्क्रिन क्रिम जस्ता प्रसाधन सामाग्रीको प्रयोगले शुक्रकीटमा नकारात्मक असर पार्ने निष्कर्ष आएको थियो तर यसमा अझै सबै वैज्ञानिकहरु सहमत भएका  भने छैनन्।
  •  वीर्यमा भिटामिन सी, जिंक,कोलाजेन,पोस्टाग्लान्डिन्स, जस्ता अन्य थुप्रै खाले भिटामिनहरु पाइन्छ र हालै नर्वेको एक कम्पनीले विर्यबाटैै अनुहारमा लगाउने क्रिम बनाएको छ जसको प्रयोगले अनुहारको चाउरीपनालाई कम गराउछ।
  •  सामान्य रुपमा हेर्ने हो भने पुरुषको शरीरमा एक सेकेन्डमा करिब १ हजार ५ सय शुक्रकीटहरु बन्ने क्रममा हुन्छन्।
  •  वीर्यको जाँच गर्ने औसत नमूनामा करिब ३० लाख शुक्रकीटहरु हुन्छन्,  जुन एक चम्चाको दुई तिहाइ भाग हो ।
  •  एकल पुरुषको जीवनभर बन्ने शुक्रकीटहरुको पंक्तिबद्ध गर्ने हो भने करिब ६ माइल लामो पंक्ति बन्न सक्छ।
  •  शरीरको अरु भागको तुलनामा शुक्रकीटको भण्डार ७ डिग्री फरेनहाइट कम तापक्रम हुन्छ र गर्मि भए शुक्रकीटको सक्रियता घट्ने भएको हुनाले ल्यापटप जस्ता अरु तात्ने सामान काखमा राखेर चलाउनु हुदैन।
  •  जब वीर्य स्खलन हुन्छ करिब ९० प्रतिशत जति शुक्रकीटहरु विकृत हुने गर्छन ।
  •  वीर्यमा भएको लाखौं शुक्रकीटहरु मध्ये कुनै एउटा शुक्रकीटले मात्र महिलाको अण्ड निशेचन गर्न सक्छ।

 

प्रकाशित : शुक्रबार, भदौ २३, २०७४१७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ज्योतिषशास्त्र अनुसार सुन लगाउने सही तरिका यस्तो छ, यस्ता मानिसले सुन लगाउनु अशुभ!