१३ महिनापछि बृहस्पतिले आफ्नो राशि बदल्दै, यी राशि हुने यस्तो खतरा ! अन्यलाई भने फईदा

एजेन्सी – लगभग १३ महिनापछि बृहस्पति ग्रहले आफ्नो राशि परिवर्तन गर्ने गर्दछ । लगातार १ वर्षसम्म कन्या राशिमा बसेको बृहस्पति गृह यहि भदौ २७ गते मंगलवारको दिन देखि भने आफ्नो बस्ने स्थान बदल्दै छ । उसले कन्या राशिबाट आफ्नो डेरा तुला राशिमा सार्दैछ अर्थात् तुला राशिमा प्रवेश गर्दैछ   ।

सबै ग्रहहरु मध्ये बृहस्पतिलाई सुभ अर्थात् राम्रो फल दिने शुभ ग्रहको रुपमा मान्ने पनि गरिन्छ।  धार्मिक मान्यता अनुसार यस गृहले आफ्नो राशि परिवर्तन गर्दा घर–परिवार, सुख–शान्ति, घन–सम्पति, व्यापार,नोकरी, वैवाहिक जीवन तथा स्वाथ्यमा गहिरो असर पर्ने गर्छ। बृहस्पतिले राशि परिवर्तन गर्दा केही राशि भएका व्यक्तिका लागि नोकरीको क्षेत्रमा नयाँ परिणाम आउने संभावना छ । नयाँ नोकरीका कैयौं अवसर आउन सक्छन् । वर्तमान नोकरीमा पछिल्ला कैयौं दिनदेखि चलिरहेको तनाव पनि कम हुने छ । यदि कुनै व्यक्ति नोकरी परिवर्तन गर्ने सोचमा छन्, भने यो उनीहरुका लागि जागिर परिवर्तन गर्नको लागि सुभ समय रहन्छ  ।

बृहस्पतिले आफ्नो राशि फेर्दा कुनै राशि हुनेहरुमा व्यापार-व्यवसायमा प्रगती हुने सम्भावनाहरु धेरै हुन्छन ।त्यसबाहेक वृहस्पतिले एक बर्ष सम्म आफ्नो राशी परिवर्तन नगर्ने हुँदा एक वर्ष राम्रो कारोबार हुने पनि धेरै सम्भावनाहरु रहन्छन । त्यसैगरि कुनै राशि हुनेहरुलाई भूमी (जमिन) खरिद गर्दा अत्यधिक फाइदा हुन्छ ।

तर, तुला राशि हुने मानिसहरुमा भने स्वास्थाय्मा केही उतारचढावहरु आउने हुन्छ। खासगरी हृदय रोग र मिर्गौला सम्बन्धी समस्या भएका व्यक्तिलाई यस समयमा धेरै समस्या बढ्ने डर रहन्छ । तुला राशि भएका व्यक्तिलाई अन्य स्वास्थ्य समस्या पनि देखिन सक्ने संभावना रहन्छ, बृहस्पतीले तुला राशिमा प्रवेश गरेको अवधिमा ।

प्रकाशित : शुक्रबार, भदौ २३, २०७४१३:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अशुभ मानिने ग्रहहरु राहु र केतुले गरे राशि परिबर्तन ! कुन राशिलाई पर्छ कस्तो असर? जानी राखौं ।