अशुभ मानिने ग्रहहरु राहु र केतुले गरे राशि परिबर्तन ! कुन राशिलाई पर्छ कस्तो असर? जानी राखौं ।

एजेन्सी अशुभ मानिने ग्रहहरु राहु र केतु २०७४- यहि भदौ २४ गते शनिबारबाट आफ्नो स्थान परिवर्तन गरेर कर्कट र मकर राशिमा प्रवेश गरेका छन्। जब राहु र केतुले घर (राशि) परिवर्तन गर्छन् तब अरु राशिहरुलाई कस्तो असर पर्छ?
जानी राखौं ।

मेष राशि
जब केतुले राशि परिवर्तन गर्छ यसले मेष राशि भएका मानिसहरुलाई केही नराम्रो असर पार्छ – जस्तै आफन्तसंगको सम्बन्ध बिग्रिने, आफन्तबाट टाढिनुपर्ने, बिस्वास गरेकाले धोका दिन जस्ता समस्याहरु आउन सक्छन् ।

वृष राशि
केतु मकर राशिमा प्रवेश गर्नु भनेको वृष राशि हुने मानिसहरुले कसरत धेरै गर्नु पर्छ भन्ने बुझिन्छ । कामको दवाव बढ्ने, स्वास्थ्यमा समस्या आउने, खर्च बढ्ने र आरामको लागि पनि समय नहुने सम्भावना हुन्छ ।

मिथुन राशि
राहु र केतुले राशि परिवर्तन गरेर कर्कट र मकर राशिमा प्रवेश गरेपछि मिथुन राशि हुने मानिसहरुलाई स्वास्थ्यमा गडबड, परिवारमा मनमुटाब, शिक्षा क्षेत्रमा बाधा जस्ता समस्या आउने गर्छन् । र आर्थिक कारोबार गर्दा होस पुराएर गर्दा उचित हुने छ ।

कर्कट राशि
राहु कर्कट राशिमा नै प्रवेश गर्ने भएकोले यो राशिलाई अलिक धेरै कठिनाइ हुनेछ । सोचे भन्दा धेरै खर्च हुने, आम्दानीका स्रोतहरु घट्दै जाने, घरेलु समस्याहरु आउने, मन असन्त रहनेछ।

सिंह राशि
राहु र केतुले राशि परिवर्तन गर्दा सिंह राशि भएका मानिसहरुलाई फाईदा रहेको छ । जटिल समस्याबाट छुटकरा पाइने, सुभ समाचार प्राप्त हुने र अधुरा काम बन्ने छन्। तर लाभका लागि आफैले प्रयास गर्नु पर्नेछ ।

कन्या राशि
कन्या राशि भएका मानिसहरुलाई खासै असर पर्दैन । रमाइलो र लामो दूरीको यात्राको हुने सम्भावना रहन्छ।  सोचे भन्दा धेरै खर्च हुन सक्छ। परिवारमा मांगलिक कार्य हुने योग छ ।

तुला राशि
तुला राशिका मानिसहरुलाई मध्यम असर पर्ने छ। परिश्रम अनुसारको फल नहुने। घरायसी मामलामा उल्झन आउने, नयाँ सवारी साधन किन्ने अवसर मिल्न सक्नेछ ।

वृश्चिक राशि
यस राशि परिवर्तनले वृश्चिक राशि भएकाहरुलाई शुभ रहने छ । घरपरिवार, साथीहरुबाट सहयोग मिल्ने छ। गरिएका कामहरुबाट सफलता मिल्ने छ भने धन प्राप्तिका अवसरहरु हात लाग्ने छन्।

धनु राशि
केतुले मकर राशिमा प्रवेश गर्नु धनु राशि भएका मानिसहरुको लागि स्वास्थ्यका हिसाबले पिडादायक हुन सक्छ। मानसिक समस्या आउन सक्छन भने खर्च धेरै हुनेछन्, आक्रोस बढ्ने छ र आर्थिक क्षति हुन सक्ने सम्भावना पनि रहेको छ ।

मकर राशि
मकर राशि भएका मानिसहरुले आर्थिक क्षति भोग्नु पर्नेछ। धेरै परिश्रम गर्दा पनि आम्दानी सन्तोषजनक हुने छैन। स्वास्थ्यमा गडबड, परिवारमा मनमुटाब र मानासिक तनाब हुने सम्भावाना रहेको छ ।

कुम्भ राशि
यो राशि भएका मानिसहरुले हतार नगरी सोचेर काम गर्नु पर्नेछ नत्र बन्न लागेका काम बिग्रिने छ। खर्च बढ्ने छ, मानसिक तनाब पनि योग छ। स्वास्थयमा समस्या आउने सम्भावना रहेको हुनाले विशेष ध्यान दिनु होला ।

मीन राशि
यो समय मीन राशि भएका मानिसहरुलाई फाईदा जनक रहेको छ। आर्थिक बृद्दि, नया आम्दानीका श्रोतहरु हात लाग्ने, मान्न प्रसन्न रहने र घर–जग्गाको कारोबारमा सफलता मिल्ने छ ।

 

प्रकाशित : आइतबार, भदौ २५, २०७४१७:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलिबाट बृहस्पतिले राशी परिवर्तन गर्दै: यी राशि भएकालाई हुन्छ यस्तो समस्या