एजेन्सी, कम बोसो र धेरै कार्बोहाइड्रेट युक्त भोजन लिनेको उमेर पनिर र मक्खन जस्तो समृद्ध बोसोयुक्त खाद्य पदार्थ लिनेहरुको तुलनामा कम हुन्छ । एक अध्ययन त्यो प्रचलित अवधारणालाई विरोध गर्दछ कि बोसोको उच्च मात्राले (उर्जाको ३५ प्रतिशत) मृत्युको जोखिमलाई कम गर्दछ । तथापी, कार्बोहाइड्रेटको उच्च सेवन (ऊर्जाको ६० प्रतिशत) मृत्युको उच्च जोखिमसँग सम्बन्धित छ ।
क्यानाडाको म्याकमास्टर विश्वविद्यालयको प्रमुख महशीद दगघानले भने, “बोसो सेवनको कमीबाट कार्बोहाइड्रेटको खपतमा वृद्धि हुन्छ र हाम्रो निष्कर्षले बताउछ कि दक्षिण एसियाली जस्तो शहरको मानिस (जसले धेरै बोसोको उपभोग गर्दैन, तर कार्बोहाइड्रेटको उपभोग धेरै गर्छ।) मा मृत्युदर उच्च किन हुन्छ।” यो अनुसन्धानको लागि पाँच महाद्वीपहको १३५,००० मान्छेमा सर्वेक्षण गरेको थियो । साथै यो अनुसन्धान ‘लैंकेट’ पत्रिकामा प्रकाशित गरिएको छ।