‘ब्लु व्हेल अनलाइन गेम’ को योजनाकार १७ वर्षीया किशोरी पक्राउ

एजेन्सी, रुसको एक १७ वर्षीय किशोरीलाई रुसी प्रहरीले पक्राउ गरेको छ। उनलाई ज्यानै लिने खतरनाक ब्लु व्हेल अनलाइन गेमको योजनाकारको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले एक फुटेज सार्वजनिक गरेको छ, जसमा प्रहरीले आरोपी किशोरीलाई उनकै घरमा गएर पक्राउ गरेको देखिएको छ।

धम्की दिएर मानिसलाई ज्यानै लिने गेम खेलाउन बाध्य पारेको भन्दै रुसी प्रहरीले उनीमाथि आरोप लगाएको छ । उनि मनोविज्ञानकी  बिद्यार्थी भएको बताइएको छ । प्रहरी समक्ष उनले आफ्नो गल्ती  स्वीकार गरेको त्यहाँका अधिकारीलाई उद्दत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अदालतले उनलाई ३  वर्षको जेल सजाय सुनाएको छ।

प्रकाशित : शुक्रबार, भदौ १६, २०७४१५:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कानभित्र ८ खुट्टा भएको किरा भेटिएपछि चिकित्सक नै चकित [भिडियो सहित]