अमेरिकाले दियो सुनको शौचालयमा पिसाव गर्ने अवसर

एजेन्सी – तपाईले अरबका राज खान्दानले सुनका शौचालय वा अन्य वस्तु प्रयोग गरेको सुन्नु भएको होला । तर अफैले सुनको शौचालय प्रयोग गर्ने अवसर पाउने कहिल्यै सोच्नु भएको थियो ?

अहिले त्यस्तो एउटा अन्तिम अवसर आएको छ तर त्यसका लागि तपाईं पर्यटक बनेर अमेरिका जानु पर्नेछ। अमेरिकाको न्यूयोर्कस्थित गगेनहेम संग्रहालयले पर्यटकहरूका लागि सुनको शौचालय प्रयोग गर्ने अन्तिम मौक दिएको छ।

१८ क्यारेट सुनले बनेको शौचालयको नाम पनि ‘अमेरिका’ नै हो, जसलाई आगामी १५ सेप्टेम्बरमा हटाउनुअघि पर्यटकका लागि प्रयोग गर्न दिइएको हो।संग्रहालयले यस्तो अन्तिम अवसर दिएपछि अहिले त्यहाँ सुनको शौचालय प्रयोग गर्ने पर्यटकको लामो लाइन लागेको समाचार संस्थाहरूले जनाएका छन्।

प्रकाशित : बिहिबार, भदौ १५, २०७४१९:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘ब्लु व्हेल अनलाइन गेम’ को योजनाकार १७ वर्षीया किशोरी पक्राउ