कथा : तिलहरी
तीजको लहर छाएको थियो।विभिन्न समूह र संस्थामा आबद्ध महिलाहरूको दिनहुॅ दर खाने क्रम जारी थियो।तीजको व्रत बस्ने दिन आउन अझै तीन साता बाॅकी थियो।
महिलाहरू महङ्गा पहिरन र गहनामा सजिएर निस्कन्थे।
जमुना सधैॅ त्यो दृश्य हेर्थी अनि मनमनै सोच्थी ‘विहेकै रातो सारी छॅदैछ।हरियो पोतेमा एउटा तिलहरी बनाएर हाल्न पाए- -।’
“सुरुदेखि नै घर खर्चबाट जोगाएर जम्मा गरेको केही पैसा मसॅग छ यसपालि एउटा तिलहरी लाउने रहर छ बनाऊॅ ?” आज उसले लोग्नेसॅग सोधी।
“रहर भएर पनि मेरो परिचरको नोकरीले तॅलाई गहना बनाइदिन सकिनॅ।पैसो पुग्छ भने बना न त।” लोग्नेचाहिॅले भन्यो।
ऊ खुशी भई।
अब बनाउन दिॅदा त तिजमा लाउन पाइन्न।सुन पसलहरू भिडले छिरिसक्नु छैन।तपाइॅ अफिसबाट फर्किॅदा बनेकै किनेर ल्याइदिनुस् न त।” उसले भनी।
लोग्नेचाहिॅ अफिस जाॅदा उसले एघार हजार रुपैया थमाई।
लोग्ने घरबाट निस्केदेखि जमुनाको मन ठेगानमा थिएन।हरेकपल्ट सब्जी किन्दा पाॅच दश गर्दै जोगाएको पैसा आज एकमुष्ट खर्चिन लागेकाले उसलाई सो पैसाको माया पनि लागेर आयो।गहना लाउन पाइने सोचेर ऊ खुशी पनि भई।सानामा पुतलीको खेल खेल्दा हरियो धागोमा पहेॅलो धागो बेरेर पुतलीलाई लाइदिएको सम्झी उसले।त्यस बेलादेखि तिलहरीप्रति मोह बसेको थियो उसको।उसको विहेमा पनि बिनातिलहरीका राता हरिया पोते थिए।तीजमा गहनाले सुहाएका महिलाहरू देख्दा ऊ तिनीहरूलाई भाग्यमानी ठान्थी।गहनाले नै छोपिएका महिला देख्दा ऊ सोच्थी,’छीःसुन पाए त जाॅतो नै भिर्नेरा’छन् महिलाहरू।’
आज ऊ व्यग्रतापूर्वक उसको लोग्नेको बाटो हेर्दै थिई।पाॅच छ सात हुॅदै बेलुकीको आठ बज्यो तर उसको लोग्ने आइपुगेन।छ बजेदेखि उसले फोन गर्न सुरु गरेकी थिई तर मोबाइलले सुइच अफ गरिएको जानकारी दिइरह्यो।अब उसको मनमा भय सिवाय केही थिएन।’आखिर भयो के? पैसा हराएको भए पनि मान्छे त आउनुपर्थ्यो।तिलहरी नै हराए पनि मान्छे त घरमा आउनुपर्थ्यो।मान्छेलाई नै पो केही भयो कि?’यो सोच मनमा आउनासाथ उसलाई तिलहरी लाउने आजै सल्लाह गरेकामा ठूलो पछुतो भयो।ऊ घोप्टो परेर रुॅदै भगवान् पुकार्न थाली,”हे भगवान् मलाई तिलहरी सिलहरी चाहिॅदैन।मेरो लोग्नेलाई घरमा ल्याइदेऊ।”
बेलुकी करिब नौ बजे ढोका ढकढक गर्दै उसको लोग्नेले बोलाएपछि उसले ढोका खोलेर लोग्नेको छातीमा टाॅस्सिएर रुॅदै भनी,”मलाई तिलहरी चाहिॅदैन।”
बडो प्रेमपूर्वक उसको लोग्नेले भन्यो,”नरो पहिले कुरा त सुन्।
अफिसमै साढे पाॅच बजिगो।बजार जान निस्कन लागेको थिएँ हाकिमले उसकी श्रीमतीसॅग दर खाने सामानको किनमेल गर्न बजार गइदिन भने।किनमेल गर्दागर्दै झमक्क साॅझ परिगो घरसम्म तिनलाई पुर्याउनु परिगो घर पुगेपछि भुजा खाएर जाऊ भनिन् अनि यति बेर भो।धन्न सुन पसलमा पनि तिनको थुप्रै गहना किन्नु थियो र मैले पनि किन्न पाएॅ। यो तिलहरी ला।”उसले जमुनाको हातमा तिलहरी र फिर्ता आएको तीन सय रुपियाॅ राखिदिएर भन्यो,”यो मोबाइल पनि चार्ज हुनै छोडेको छ।एउटा चार्जर नकिनी भा’छैन।”
जमुना केही बोलिन।सायद ऊ सोच्दै थिई फिर्ता आएको त्यो तीन सयले अब तिलहरी गाॅस्न हरियो पोते किन्ने कि मोबाइलका लागि चार्जर?
अफिसमै साढे पाॅच बजिगो।बजार जान निस्कन लागेको थिएॅ हाकिमले उसकी श्रीमतीसॅग दर खाने सामानको किनमेल गर्न बजार गइदिन भने।किनमेल गर्दागर्दै झमक्क साॅझ परिगो घरसम्म तिनलाई पुर्याउनु परिगो घर पुगेपछि भुजा खाएर जाऊ भनिन् अनि यति बेर भो।धन्न सुन पसलमा पनि तिनको थुप्रै गहना किन्नु थियो र मैले पनि किन्न पाएॅ। यो तिलहरी ला।”उसले जमुनाको हातमा तिलहरी र फिर्ता आएको तीन सय रुपियाॅ राखिदिएर भन्यो,”यो मोबाइल पनि चार्ज हुनै छोडेको छ।एउटा चार्जर नकिनी भा’छैन।”
जमुना केही बोलिन।सायद ऊ सोच्दै थिई फिर्ता आएको त्यो तीन सयले अब तिलहरी गाॅस्न हरियो पोते किन्ने कि मोबाइलका लागि चार्जर ?