प्रकट पंगेनी ‘शिव’को दुई रोमान्टिक गजल

‘वासनाको बादशाह’ गीतकार तथा गजलकार प्रकट पंगेनीले लेखेका चर्चित २ रोमान्टिक गजल आजको सनिबार साहित्यमा –

गजल नम्बर १ 

किन अहिल्यै हतारिन्छौरु बसौला नि भरे राती
दुबै ज्यानले दुबैलाई कसौला नि भरे राती

साँझपख पिउने बेला आयौ एक्लै एकान्तमा
यी ओठले ती ओठलाई डसौला नि भरे राती

पहिलो चरण स्वागतमा औलाहरु चुम्न देउ
दोस्रो चरण अंगालोमा कसौला नि भरे राती

अहिले मलाई पिउन देउ मस्त मस्त नशालु भै
जे जे घस्नुपर्छ चिल्लो घसौला नि भरे राती

बाहिर जुनको जुनेलीमा बसौ एक छिन वात मार्दै
पख पख पसौला नि कोठा भित्र भरे राती

गजल नम्बर २ 

हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो

वारिबाट पारिसम्म छोटो बाटो भएपनि
आले टाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो

भेल थियो भेलमा उनले डराएर टेक्नै छाडिन
मलाई भने त्यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो

कुन्नी कता के के गर्दा छोयो के मा पाखुराले
त्यति बेला मैले धित मार्नुको मज्जा बेग्लै थियो

खोला तरी आइयो किनार भिजिन उनी निथ्रुक्क भई
लुगा निचोरी पानी झार्नुको मज्जा बेग्लै थियो

प्रकाशित : शनिबार, भदौ १०, २०७४०९:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

श्रेष्ठ मञ्जुश्रीको कथा : तिलहरी