एजेन्सी । सेक्स मानवको आधारभूत चाहना हो तर धेरै जसो देशहरुले सेक्सको विषयमा विभिन्न नियम कानुन बनाएका छन् । त्यसैले ती मुलुकहरुमा खुल्ला सेक्स अत्याधिक रुपले गैरकानुनी मानिन्छ । तर संसारमा यस्ता धेरै देशहरु पनि छन्, जहाँ सेक्स अथवा वेश्यावृत्ति कानुनी रुपमै लागू भएको हुन्छ र कुनै पनि नियम कानुन त्यहाँ लागु छैन ।
यी हुन सेक्सको मामलामा उद्धार आठ देश
नेदरल्याण्ड्स
नेदरल्याण्ड्स यस्तो प्रचलित देश हो, जुन सेक्स कर्मचारीहरुले गर्दा चर्चित छ । यो देशमा, सेक्स शान्त र खुल्ला छ र त्यहाँ निश्चित नियम कानुन पनि छैन । त्यहाँ धेरै सेक्स कर्मचारी र बेस्याहरु पाइने गर्छन् । जो यो कामलाई आफ्नो पेशाका रुपमा चुन्दछन् । तपाई यो देशमा खुल्ला रुपले सेक्सको मनोरञ्जन लिन पाउनु हुनेछ ।
जर्मनी
सन् १९२७ देखी यो देशमा बेस्यावृत्तिले कानुनी रुपमा मान्यता पाएको हो । यो पनि त्यस्तो देश हो जहाँ सेक्स स्वतन्त्र छ र धेरै सेक्स कर्मचारी र बेस्याहरु भेटिन्छन् । जर्मनीले पेशागत रुपमा सेक्समा आबद्ध कर्मचारीहरुलाई विभिन्न प्रकारको स्वास्थ्य वीमा उपलब्ध गराइएको छ र उनीहरु सेक्स कार्यको लागि सरकारलाई कर समेत तिर्ने गरेका छन् ।
इक्वेडर
यो यस्तो देश हो, जहाँ सेक्स सम्बन्धि जुनसुकै कार्य पनि कानुनी छ तर एउटा ख्याल राख्नु पर्ने कुरा यो होकी त्यहाँ दवाबमा बेस्याबृत्ति जहिल्यै गैरकानुनी मानिन्छ । यो देशमा तपाईले धेरै लोग्ने मान्छे र आइमाई दुवैलाई सेक्स कार्यको लागि आफ्नो शरीर बेचेको पाउनु हुनेछ । प्रायः सबै यौन सम्बन्धि कार्यहरु यो देशमा खुल्ला रुपले लिइने गरिन्छ र यो पनि संसारको चर्चित सेक्स स्वतन्त्र देशमा पर्दछ ।
डेनमार्क
डेनमार्क पनि सेक्स स्वतन्त्र देश हो । यहाँ बेश्याबृत्तिलाई कानुनी मान्यता प्राप्त छ । त्यहाँको सरकारले पनि यौन कर्मचारीहरुलाई स्वतन्त्रता दिएर ठुलो सहयोग पुर्याएको छ । यहाँ तपाई धेरै बेश्या र यौन कर्मचारीहरु पाउनु हुनेछ ।
बंगलादेश
बंगलादेशमा पुरुष बेश्याबृत्तिलाई कानुनी रुपले लिइने गरिन्छ । यो देशमा वेश्यालय खोल्न र दलाली गर्न पनि खुल्ला छ । धेरै मानिसहरु यौन कर्मचारी शब्दलाई आफ्नो पेशा चुन्न रुचाउने गर्दछन् ।
अस्ट्रिया
अस्ट्रिया पनि सेक्स स्वतन्त्र देश हो । यहाँ बेश्याबृत्ति पुर्ण रुपमा कानुनी छ । त्यहाँ पूर्ण रुपमा स्वास्थ्य जाँच गरेर मात्र यो व्यावसायको नाममा दर्ता हुन पाइने छ । उक्त देशमा यो व्यावसाय गर्न १९ वर्षको उमेर पछाडी मात्र इजाजत पत्र प्राप्त हुनेछ र त्यहाँ तोकिएको रकम कर वापत तपाइले सरकारलाइ बुझाउनु पर्दछ ।
अस्ट्रेलिया
अस्ट्रेलिया यस्तो चर्चित देश हो, जहाँ वर्षैपिच्छे हजारौँ आगन्तुकहरु घुम्न आउने गर्दछन् । तर धेरै मान्छेहरुलाइ यो कुरा थाहा छैनकि अस्ट्रेलियामा पनि त्यस्तो क्षेत्र छ, जहाँ सेक्स सम्बन्धित कार्यहरु र बेश्याबृत्ति कानुनी छ ।
न्युजिल्याण्ड
न्युजिल्याण्ड यस्तो सुन्दर देश हो, जहाँ तपाइ त्यहाँको प्राकृतिक सुन्दरतामा मनोरञ्जन गर्न सक्नु हुनेछ । यो यस्तो देश हो, जहाँ सन् २००३ देखी बेश्याबृत्ति पुर्णरुपमा कानुनी बनाइएको हो । यहाँ यौन कर्मचारीहरुले त्यति नै इज्जत पाउँछन्, जति अरु कर्मचारीले पाउने गर्दछन् ।