एजेन्सी, भारत मुम्बईस्थित रहेका कुकुरहरुको शरीर एकाएक निलो रंगमा परिणत भएपछि त्यहाँका स्थानीयबसी अचम्म परेका छन् । मुम्बईको शहरका कुकुरहरुको शरीर एक्कासी निलो रंगमा परिवर्तन भएपछि त्यहाँका स्थानीयहरुले यसबारे अनुसन्धान गरेका छन्। कुकुर निलो हुनुको कारण खोज्दै जाँदा तलोजा इलाकास्थित कसादी नदीलाई जिम्मेवार ठहराइएको छ ।
अन्त्यमा तलोजा इलाकास्थित रहेको हजारौँ फर्मासयुटिकल्स, खाद्यान्न तथा इन्जिनियरिंग कारखानाका कारण प्रदुषित भएको नदीको पानीले त्यहाँका कुकुरहरुको रंग परिवर्तन गरेको खुलासा भएको छ । उक्त क्षेत्रका भुस्याहा कुकुरहरु सोही प्रदुषित नदीमा गएर डुबेपछि उनीहरुको रंगमा परिवर्तन आएको बताइएको छ ।