यस मन्दिरमा छन् २० हजार मुसा, यी मुसाको जुठो खानाले हुन्छ सबै बीमारी ठीक !

एजेन्सी – तपाईको घरमा मुसा देखियो भने यसले घरमा बिधोम्स गर्ने भो भन्दै तनावमा पर्ने गर्छौ। तपाईले मुसालाई मार्न या भगाउन कोशिस गर्छौं किनकी मुसाका कारण प्लेग जस्ता कयौँ भयानक रोगहरुको कारण मान्ने गरिन्छ।

तर तपाईलाई थाहा छ एउटा यस्तो मन्दिर छ, जहाँ २० हजार मुसा रहेका छन्।  र उक्त मन्दिरमा आउनेवाला भक्तजनलाई मुसाले जुठो पारेको प्रसाद खान दिइन्छ।

आश्चर्यको कुरा यो छ भने, यत्रो धेरै मुसा भएर पनि यस मन्दिरमा बिल्कुलै दुर्गन्ध भने छँदै छैन। आज सम्म यहाँको प्रसाद खाएर कुनै पनि मानिसहरु बिमारी पनि भएको छैन र रोग पनि फैलिएको छैन। यति मात्र हैन जब आज भन्दा केहि दशक अगाडि  पूर्वी सम्पूर्ण भारतमा प्लेग रोग फैलिएको थियो तब पनि यस मन्दिरमा भक्तजनहरुको मेला लागिरहेको थियो र त्यो मुसाले जुठो परेको प्रसाद नै खाइरहेका थिए।

यो हो, राजस्थानको बीकानेरबाट लगभग ३० किलो मीटर टाडा देशनोकमा करणी माताको मन्दिर, जसलाई मुसावाला माता, मुसावाला मन्दिर र मूषक मन्दिरको नामले चिन्ने गरिन्छ । करणी माता, जसलाई भक्तजनले मां जगदम्बाको अवतार मान्ने गर्छन, माता जगदम्बाको जन्म १३८७ 1387 मा एक चारण परिवारमा भएको थियो। उनको बालापनको नाम रिघुबाई रहेको थियो । रिघुबाईको विवाह साठिका गाउँको किपोजी चारणसँग भएको थियो तर बिवाहको केहि समयपछि उनको मन सांसारिक जीवनबाट टाडा गयो त्यसकारण उनले किपोजी चारणको बिवाह आफ्नो सानी बहिनी गुलाबसँग गरिदिएर आफुलाई माताको भक्ति र मानिसको सेवामा लागेकी थिइन् ।

जनकल्याण, अलौकिक कार्य र चमत्कारिक शक्तिहरुको कारण रिघु बाईलाई करणी माताको नामले स्थानीय मानिसहरुले पुञ्ज लागे। वर्तमान समयमा जहाँ  यो मन्दिर अवस्थीत रहेको छ। त्यहाँ रहेको एउटा गुफ्फामा करणी माताले आफ्नो इष्ट देवीको पूजा गर्ने गर्थिन् । यो गुफ्फा आज पनि मन्दिर परिसरमै स्थित रहेको छ। भन्ने गरिन्छ, करनी माता १५१ वर्ष जिउँदो रहेर २३ मार्च १५३८ मा ज्योतिर्लिनमा भएको थियो।  उनको ज्योतिर्लिं भए पश्चात भक्तजानहरुले उनको मूर्तिको स्थापना गरी उनको पूजा शुरू गरे  जुन त्यतिबेला देखि अहिले सम्म निरन्तर रहेको छ।

करणी माता बीकानेर राजघराना की कुलदेवी हुन्। भन्ने गरिन्छ की उनको आशिर्वादबाट बीकानेर र जोधपुर रियासतको स्थापना भएको थियो। करणी माताको वर्तमान मन्दिरको निर्माण बीकानेर घरानाको महाराजा गंगा सिंहले विशौं शताब्दीको शुरवातमा गरिएको थियो। यस मन्दिरमा मुसाहरुको अलावा, संगमरमरको मुख्य द्वारमा बनाईएको उत्कृष्ट कारीगरी, मुख्य द्वारमा लगाईएको चाँदीको ठूला ठूला किवाड, माताको सुनको छत्र (छाता) र मुसाहरुको जुठो प्रसादको लागि रखिएको चाँदीको बहुत ठूलो परात पनि मुख्य आकर्षण हो ।

यदि हामि मुसाहरुको कुरा गरौँ त् मन्दिरको भित्र मुसाहरुको एक छत्र राज रहेको छ। मन्दिर भित्र प्रवेश गर्ने बित्तिकै हरेक जग्गा मुसै मुसा देखिन्छन्।

मुसाहरुको अधिकताको अन्दाज यसै कुराबाट पनि पत्ता गाउन सकिन्छ, की मन्दिरको भित्र मुख्य प्रतिमा समा पुग्नको लागि तपाईले आफ्नो खुट्टा घिसार्दै जानु पर्ने हुन्छ।  किन की, यदि तपाईले खुट्टा उठाएर तल राक्नु हुन्छ भने खुट्टाको तल मुसा आएर घाइते हुनसक्छन्, जुन अशुभ मानिन्छ। यस मन्दिरमा करिव २० हजार काला मुसाहरुको साथ केहि सेता मुसाहरु पनि रहने गर्छन् ।  सेता मुसालाई धेरै पवित्र मान्ने गरिन्छ। मान्ने गरिन्छ, की यदि तपाईलाई सेता मुसा देख्नु भयो भने तपाइँको अर्थात् भक्तजानको मनोकामना पुरा हुने जान विश्वास रहेको छ ।

मातालाई चढाउने प्रसादलाई पहिले मुसाहरुले खान्छन र मात्र अरुलाई बढ्ने गरिन्छ। चील, गिद्ध र अरु जनावरहरुबाट यहाँका मुसाहरुको रक्षा गर्नको लागि मन्दिरको खुला स्थानहरुमा जाली लगाईएको छ।

प्रकाशित : आइतबार, भदौ ०४, २०७४१७:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राहु कर्कट राशिमा प्रवेश, अघिल्लो १८ महिना कुन राशिका लागि शुभ र कुनका लागि अशुभ?