राहु कर्कट राशिमा प्रवेश, अघिल्लो १८ महिना कुन राशिका लागि शुभ र कुनका लागि अशुभ?

नवग्रहमा एक राहु जसलाई पाप ग्रह मानिन्छ।  १८ महिनापछि १७ अगस्टको रात सिंह राशीबाट निस्केर कर्कट राशिमा आइसकेको छ। ज्योतिषको अनुसार, राहु र केतु मात्र ग्रह हुन् जुन सधै विपरीत दिशामा हिड्छ।

त्यसैले जब राशि बदलिन्छ तब जुन राशिमा हुनेगर्छ त्यसबाटै पछिल्लो राशिमा जान्छ र  १८ महिनासम्ममा त्यही राशिमा रहन्छ। ९ सेप्टेम्बरलाई राहुको प्रत्यक्ष राशी परिवर्तन गर्ने मिति मान्ने गरिन्छ । तर यसमा पाप ग्रहको राशि परिवर्तनबाट सबै राशिहरुमा यसको राम्रो र नराम्रो प्रभाव पर्नेछ जुन १८ महिनासम्म हुनेछ।

कुन राशीमा कस्तो प्रभाव :

मेष राशि: आम्दानीभन्दा खर्च बढी हुने भएकोले बचत गर्न कठिन हुनेछ। कार्य व्यवसायमा संघर्षपछि पनि सफलता प्राप्त हुनेछ।

वृष राशिः: तपाइले राम्रो खबर प्राप्त गर्न सक्नुहुन्छ। उन्नति र लाभको अवसर प्राप्त गर्नुहुन्छ । विदेश यात्राको योग बन्नेछ।

मिथुन राशि: तपाइले राम्रो खबर प्राप्त गर्न सक्नुहुन्छ। उन्नति र लाभको अवसर प्राप्त हुन्छ। विदेश यात्राको योग बन्नेछ।

कर्कट राशि:  मानशिक अशान्ति महसुस हुन्छ। फाइदाको तुलनामा खर्च बढी हुने भएकोले समस्या हुनसक्छ। स्वास्थ्यमा उतार-चढाव हुनसक्छ । काममा अवरोधहरू सामना गर्नु पर्दछ।

सिंह राशि: आम्दानी सामान्य तर खर्च बढी हुने भएकोले उदास हुनुहुनेछ । कुनै अप्रिय घटनाबाट तपाई निराश हुनुहुनेछ।

कन्या राशि: लामो दुरीको यात्रा गर्नसक्नुहुन्छ। विदेश यात्राको योग बन्नेछ। उच्च खर्चको बावजूद पनि राम्रो योग  लाभको कारण आर्थिक स्थिति संतुलित हुनेछ।

तुला राशि: घरेलू र व्यावसायिक जटिलताहरूको कारणले गर्दा समस्या हुनेछ । कार्यको दबाव रहनेछ र अनावश्यक रुपमा यात्रा गर्नुहुनेछ । बनेको कार्यमा बाधाहरुको सामना गर्नुपर्नेछ।

वृश्चिक राशि: आफन्तहरुको बिरोध सामना गर्नुपर्नेछ। खर्च वृद्धि हुनेछ तर गाडीको आनन्द हासिल गर्न सकिन्छ। तपाईको बिग्रेको काम बन्नेछ।

धनु राशि: लाभको तुलनामा खर्च बढी हुनेछ। मानिसहरुबाट सहयोग पाउन गार्हो हुनेछ । स्वास्थ्यमा उतार-चढाव  आउनेछ । शरीर दुख्ने समस्या हुन सक्छ।

मकर राशि: दाम्पत्य जीवनमा आपसी तालमेलको कमि हुनसक्छ । फाइदा कम र खर्च बढी हुन्छ, जसले गर्दा समस्या हुनेछ। बनेको काममा पनि बाधाको सामना गर्नु पर्नेछ ।

कुंभ राशि: तपाइको लागि राहुको आगमन भाग्यशाली हुनेछ। अचानक धन लाभ हुनेछ र कार्य व्यवसायमा अचानक उन्नतिको अवसर प्राप्त हुन्छ। परिवारमा आपसी सहयोग बढ्नेछ। सुखद यात्रामा जान सक्नुहुनेछ ।

मीन राशि: खर्च बढ्छ जसबाट मानसिक तनाव बढ्नेछ। आफन्तसँगको सम्बन्धका कारण तनाव महसुस हुनेछ। स्वास्थ्य सम्बन्धि समस्या हुन सक्नेछ र शिक्षाको क्षेत्रमा पनि बाधा सामना गर्नु पर्नेछ।

प्रकाशित : सोमबार, भदौ ०५, २०७४१९:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुदूरपश्चिमा शुरु भयो ‘गौरा पर्व’