भोली वर्षकै ठूलो सूर्यग्रहण लाग्ने, नाशाले लाइभ गर्दै, यस्ता छन् ग्रहण हेर्ने टिप्स

काठमाडौँ, भदौ ३ – आइतबार यस वर्षकै सबैभन्दा ठूलो सूर्य ग्रहण लाग्ने भएको छ । चन्द्रग्रहण लागेको दुई हप्ता बित्ता नबित्दै फेरी सूर्यग्रहण लाग्न लागेको छ ।

पूर्वीय दर्शन मान्यता अनुरुप ज्योतिषशास्त्रले भन्छ, सूर्यग्रहण या चन्द्ग्रहण यी दुवै खगोलिय घटनाक्रम भएता पनि यिनीहरुको प्रतक्ष्य या अप्रतक्ष्य केहि असर भने मानिसको जीवनमा पर्ने मान्यता रहेको छ । यद्यपी ग्रहण नदेखिने ठाउँहारमा भने यसको कुनै पनि असर नपर्ने खगोलविदहरुले बताएका छन् । सूर्यग्रहण यसपटक भने भोली अर्थात् भदौ ४ लाग्दैछ । यो ग्रहण लागेको नेपालबाट भने देखिने छैन त्यसकारण नेपालमा यसको कुनै प्रभाव पनि पर्ने छैन। यो ग्रहण नेपाली समय अनुसार, रातको ९ बजेर ३० मिनटबाट सुरु हुनेछ भने बिहानको २ बजेर ४९ मिनेट जाँदा समाप्त हुने छ ।

नेपालमा यो ग्रहणको समयमा रातको बेला भएकोले यहाँबाट सूर्य ग्रहण देखिने छैन । अमेरिकी संस्था नासाले यसको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । यस ग्रहणलाई वर्ष २०१७ कै सबैभन्दा ठूलो सूर्यग्रहण रहेको जनाईएको छ । मानिसहरुको सूर्यग्रहणलाई लिएर रहेको उत्सुकतालाई ध्यानमा राखी संसारकै ठूलो अन्तरिक्ष एजेन्सी नासाले यो सूर्य ग्रहणको लाइभ टेलिकास्ट जनाएको छ। आफै सूर्य ग्रहणलाई क्यामरामा उर्तान चाहनेहरूका लागि यस्ता सवधानी अपनाउन आग्रह गरेका छन् । नासाले सुझाएका यी सावधानीका बारेमा जाने सूर्य ग्रहण जस्तो अद्भूत खगोलीय घटनालाई क्यामरामा उर्तान कुनै किसिमको समस्याको सामना गर्नुपर्दैन ।

१. सुरक्षाको ख्याल राख्नुहोस् : सूर्य ग्रहणको तस्विर खिच्ने क्रममा क्यामरामा सोलार फिल्टर अवश्य राख्न्होला । साथै तस्विर खिच्ने बेलामा आफ्नो आँखालाई अल्ट्राभायलेट किरणबाट जोगाउन चश्मा लगाउनुहोस् । जब चन्द्रमाले सूर्यलाई पुरै ढाकेपछि क्यामराबाट सोलार लेन्स हटाउनुहोस् ताकी तपाईंले सूर्यको बाहिरी आवरण देख्न सक्नुहुन्छ । साथै तस्विर लिँदा ट्राईप्याड पनि साथमा राख्नुहोस् ताकी फोटो खिच्दा क्यामरा हल्लेर तस्विर ब्लर हुन नपाओस् ।

२. कुनै पनि क्यामराले तस्विर खिच्न सक्नुहुन्छ : सूर्य ग्रहणको तस्विर तपाईंहरुले कुनै पनि क्यामराले खिच्न सक्नुहुन्छ । तपाईं आफ्नो मोबाइल या कुनै पनि डिएसएआिर क्यामराले तस्विर खिच्न सक्नुहुन्छ । यदि तपाईंको क्यामरामो जूम लेन्स छैन भने पनि ल्याण्डस्केप सट्सबाट तस्विर खिच्नुहोस् । यसरी तपाईंले सूर्य ग्रहणको निकै राम्रो तस्विर खिच्न सफल हुनुहुनेछ ।

३. आकाशको साथसाथै वरपरको तस्विर पनि खिच्नुहोस् : तपाईं केवल सूर्य ग्रहणको मात्र तस्विर नखिच्नु होला । सूर्य ग्रहण हुँदा खगोलमा खिच्न लायक धेरै कुराहरु हुन्छन् । जस्तै यदि तपाईंले सूर्य ग्रहणको बेलामा एउटा रुखको तस्विर खिचे पनि त्यसले सूर्य ग्रहणको समयलाई निकै राम्ररी बयान गर्छ ।

४. यो उपाय अप्नाउनुहोस् : सूर्य ग्रहणको समयमा सूर्यको किरण कम हुन्छ । यस्तो समयमा तपाईं तस्विर एक्सपोजरलाई एडजस्ट गनर्सहोस् । DSLR क्यामराले तस्विर खिच्ने क्रममा अपर्चर f/8 देखि f/16 बनाउनुहोस् । सटर स्पिड 1/1000 देखि 1/4 सेकेन्ड बनाउनुहोस् । यस्तो गर्नाले सूर्य ग्रहणको तस्विर राम्रो आउँछ ।

५. फोटोग्राफीको अनुभव सटासट गर्नुहोस् : सूर्य ग्रहणको तस्विर आफ्ना साथीहरु देखाउनुहोस् र आफ्नो अनुभव सटासाट गर्नुहोस् । तपाईंको तस्विर हेरर मानिसहरुले तपाईंको सूर्य ग्रहणको तस्विरले कति सूर्य ग्रहणको बयान गरेको छ बताउँछन् र अर्को सूर्य ग्रहणको तस्विर लिने क्रममा तपाईंले आफुलाई सुधार्न सक्नुहुन्छ ।

प्रकाशित : शनिबार, भदौ ०३, २०७४१४:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस मन्दिरमा छन् २० हजार मुसा, यी मुसाको जुठो खानाले हुन्छ सबै बीमारी ठीक !