कविता : बाढी सँगै नेताज्यू

कवि : दामोदर न्यौपाने

                         बाढी सँगै नेताज्यू

आज तपाईंको बचेखुचेको
लाज, सरम र इमान बगेको छ
एकातिर नेपालमा जन्मिनु
अहोभाग्यको कुरा
अर्कोतिर गैरजिम्मेवार नेतृत्वको
फेला पर्नु
लाग्छ साँच्चै नेपालीलाई
भाग्यले ठगेको छ

कतिको घरबार छैन

साँच्चै भनौ त
जीउने आधार छैन
कतिको परिवार नै बगे
कतिको सन्तान बगे
त कतिको अभिभावक पनि
टुटेका छन् सपना बरै
सम्झदा नि जीउ सिरिङ्ग हुन्छ
खै को सुन्ला त्यो चित्कार कठै

नेताज्यू कोठामै बसेर
फुटबल खेलिदैन
जानुस् हेर्न उर्लिएको बाढी हेर्न
सुविधा सम्पन्न
सरकारी भवनमा बसेर
पीडितको दुःख
कस्तो हुन्छ देखिदैन

 

प्रकाशित : शनिबार, भदौ ०३, २०७४१०:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उहिले स्वयम्भूमा तारो हानिन्थ्यो, अहिले किन बन्द भयो?