यी राशि हुने मानिसहरुले प्रेम र बिहे गरे हुन्छ सिधै असफल

एजेन्सी – हिन्दु धर्म अनुसार ज्यातिषशास्त्रको माध्यमबाट मानिसको भविष्यवाणी तथा विभिन्न खालका समस्याहरुबाट मुक्ति पाउन सकिने कुरा उल्लेख गरिएको छ। खासमा मानिसका जीवनमा ३ प्रकारका समस्याहरुको समाधान या जानकारी खोजिरहेका हुन्छन ।

पहिलो समस्या भनेको भविष्य (करियार), दोस्रो धन-सम्पती र तेस्रो भनेको प्रेम-सम्बन्ध या विवाह नै हुन् । यस्ता तीन कुराको जवाफ खोज्दै मानिस यताउता भौतारिदै हिनिरहेका हुन्छन।  सही भएको खण्डमा जीवन सही रुपमा अघि बढ्न सक्छ ।ज्योतिष विद्या मा १२ राशी र ९ ग्हमा आधारि तछ । तपाईको जन्मको समय, स्थानका आधारमा तपाईको जन्मकुण्डली बनाइन्छ । जसले तपाईको जीवनको पूर्ण विवरण दिनसक्छ ।

प्रेम/विवाह

विवाह यो सम्बन्धमा जोडिने दुईबीचको सामजस्यता हो । राशि अनुसार केटा र केटीबीचको प्रेम सम्बन्ध या विवाह कुन हदसम्म र कति सफल हुन्छ भन्ने पत्ता लगाउन सकिन्छ ।

ज्योतिषशास्त्रका अनुसार यी रशिहुने मानिसहरुले प्रेम या विवाह गरे असफल हुन्छ। 
मेष र कर्कट
कुम्भ र कर्कट
सिंह र वृष
वृश्चिक र मेष
मिथुन र कर्कट
सिंह र कन्या
मकर र तुला
कुम्भ र वृष
मीन र सिंह
मकर र धनु
वृश्चिक र कुम्भ
मिथुन र मिन

यी राशी भएकाहरुबीच विवाह र प्रेम सम्भवन्ध भएको खण्डमा ती सम्बन्धहरु दिगो र लामो समय चल्ने खालका हुँदैनन् । यदी माथि उल्लेख गरिएका राशीबीच विवाह र प्रेम सम्बन्ध कायम छ भने ज्योतिषीसँग सल्लाह लिन आवश्यक छ ।

दुई राशी र तिनका कुण्डलीका आधारमा ज्योतिषमा तिनको दोष कट्टा गर्ने उपायहरु समेत उपलव्ध भएको हुन्छ ।

प्रकाशित : बिहिबार, भदौ ०१, २०७४१५:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो माघसम्म ‘राहु’ र ‘केतु’का खराब दशा छन् यी राशी हुनेहरुलाई… सचेत हुनुहोला !