आउँदो माघसम्म ‘राहु’ र ‘केतु’का खराब दशा छन् यी राशी हुनेहरुलाई… सचेत हुनुहोला !

एजेन्सी – ज्योतिष शास्त्रका ज्ञाता ज्योतिषहरुका अनुसार अगष्ट १८ तद अनुसार भदौं २ अर्थात् आजबाट केहि राशीहरुमा रहु र केतुको खराब दशा चल्दै छ। जुन अंग्रेजी महिनाको मार्च ( माघ महिना ) सम्म रहन सक्छ।

जान्नुस् कुनकुन राशीहरुमा चल्दैछन् खराब दशा ? के सावधानी अपनाउने ?

मेष राशी – घरजग्गा, धनसम्पत्ति र वाहन (सवारी साधन) को बिषयमा समस्याहरु पर्न सक्ने सम्भावना रहेको छ। त्यसैले यी विषयमा अलि सजक रहनु होला। मानिसहरुसंग सम्बन्ध बिग्रिन सक्छ। अरु मानिसको व्यक्तिगत जीवनमा दख्खल दिने कुराबाट बच्न जरुरी देखिन्छ। तपाइको करियर नै उथलपुथल हुन सक्छ, त्यसैले सिनियरहरुसँग सकेसम्म बहश नगर्नुहोला।

मिथुन राशी – पैसाको लेनदेन र सरसापटीमा सावधानी अपनाउनु होला। गला (घाँटी), गर्धन दाँत र नाक सम्बन्धी समस्या देखा पर्न सक्छ, सम्भवत यो समस्या अहिले नै झेल्दै हुनु हुन्छ सायद। तपाइले आँखा चेक गराउदा राम्रो हुने छ, आँखामा समस्या देखा पर्ने योग छ तपाईको। ऋण लिने काम यो अवधिमा नगर्नुहोला र आफ्नो कुराहरु अरुलाई भन्ने काम पनि नगर्नु उचित होला।

कर्कट राशी – सन्तान सम्बन्धि मामलामा समस्या पर्न सक्छ। प्रेम सम्बन्ध र वैवाहिक जीवन प्रभावित हुने योग छ। ब्यापारमा घाटा हुने योग छ, साझेदार (पार्टनर) लाई धेरै भरोशा नगर्नुहोला। बुवाको स्वास्थ्यमा समस्या र ठुलो दाजुबाट तबाव हुन सक्छ।  आफ्नो प्लानिङ्गहरुमा बिचार गर्नुहोला।

सिंह राशी – निन्द्राको कमि र पेट या आँखा सम्बन्धी बिमारी हुन सक्ने योग रहेको छ। नोकरी र बिजनेश गर्ने मनिसहरु आफ्नो प्रदर्शनबाट खुसि नहुने समस्या आउने छ। चोटपटक, दुर्घटना, सवारी साधनमा खराबी, घरमा चिरा पर्ने, घरको काममा रुकावट आउने तथा खर्च बढ्ने सम्भावना छ।

तुला राशी – अचानक खर्च बढ्न सक्छ। स्वास्थ्य र करियरसँग सम्बन्धित मामलामा सम्हालिएर रहनु होला। र हतारमा फैशला लिने कामै नगर्नु होला। कुनै मानिसले तपाइको बिरुद्धमा षडयन्त्र रच्न सक्छन। त्यसैले कुराकानीका क्रममा सचेत हुनु होला। आमाको स्वास्थयको ख्याल राख्नुहोला। ब्यापारमा सम्झौता गर्नु पर्ने काममा सावधानी अपनाउनु होला।

धनु राशी – चिज हराउने वा यताउता हुने सम्भावना रहेको छ। यात्रामा सावधानी अपनाउनु होला। बोलचाल र कुराकानीको बेला सचेत रहनु पर्ने देखिन्छ। नत्र बनेको काम पनि बिग्रिन सक्छ। नाक, कान, घाँटी, पेट र आँखासंग सम्बन्धित समस्याले सताउन सक्छ।  पारिवारिक विवाद हुन सक्छ।

मकर राशी – श्रीमान् श्रीमतीसँग दुरी बढ्ने योग छ। ससुराली पक्ष्यसंग तनाव बढ्न सक्छ। बिजनेस पार्टनरसंग तनाव बढ्न सक्छ। दुश्मनले तपाईको कमजोरीको फाइदा उठाउने प्रयास गर्ने छन् । ज्वरो र पेटको दुखाईले समस्या दिन सक्छ।

प्रकाशित : शुक्रबार, भदौ ०२, २०७४१४:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साप्ताहिक राशीफल – भदौ २ देखि ८ गतेसम्म