म डाक्टर गोविन्द केसी

कविता : म डाक्टर गोविन्द केसी
म डाक्टर गोविन्द केसी
मैले जनताको पक्षमा वकालत गर्दा 
सर्वसुलभ रुपमा जनताले 
स्वास्थ्य सेवा पाउनु पर्छ भन्दा 
पटक पटक मैले अनसन बस्नुपर्छ 
कुम्भकर्ण सरकारलाई बिउँ झाउन
थाहा छैन अझै कतिपटक मर्नु पर्छ
तर पनि सरकार सुन्दै सुन्दैन 
कानको उपचार गरौं न सरकार भन्दा 
खै किन मान्दै मान्दैन 
मैले स्वास्थ्य सेवालाई 
विकेन्द्रीकरण गरौं न त भन्दा 
स्वास्थ्य सेवालाई देशैभर 
छरौं न त भन्दा 
सरकार आलटाल गर्छ
हाँच्छिउ आएकै कारण 
विदेश दौडिने सरकार 
मर्नु त यहाँ गरिब जनताले पर्छ
स्विजरल्याण्ड र अमेरिकाको 
सपना बाँड्ने महान् सरकार 
अझै पनि कयौं बिरामी 
सिटामोलका लागि 
मृत्युशैयामा पटक पटक जल्नु पर्छ 
एउटा कुरा मलाई 
प्रस्टसँग भनिदिनोस्
जनताले सहज रुपमा 
स्वास्थ्य सेवा पाउन 
अझै कतिले तड्पी तड्पी मर्नु पर्छ
कवि : दामोदर न्यौपाने 
प्रकाशित : मङ्गलबार, साउन ३१, २०७४१०:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कविता : बाढी सँगै नेताज्यू