झरेछ त्यो फूल

– मनीषा अवस्थी

झरेछ त्यो फूल (कविता)

झरेछ त्यो फूल
भमराको स्पर्श नपाई
बारीकै बीचमा
लत्र्याकलुत्रुक ओलाएछ
दिनहुुँ देखभाल गर्ने मालीले
मेसै नपाई
ऊ कक्रिएको थाहै नपाई
उन्माद बैशमा
फक्रीएको जवानीमा
अनि अन्जान पर्खाईमा ।
ऊ चाहन्थ्यो
फूल फूलकै भेष होस्
सारा भमराहरु लठ्ठिएर
फर्की फर्की नियालुन्
ऊ चाहन्थ्यो
बालसखीले डाह गरुँन
अनि प्रतिस्पर्धा गरुँन
माली पनि लोभियोस
तर डायरीको यो पाना भर्दै
आज झर्यो फूल
भुइँमा लत्रीयो
अनि पत्रीयो
यो पाना हेर्दै सोच्दैछु
अनि धिक्कार्दै छु
उसका स्वार्थी सखी
अनि स्वार्थी भमरा
दोष त के हुदो हो र उसको
फूल त फूलै हो
फरक यत्ति हो
कोपिलामै असिना पर्दा
ऊ चुटिएको
थचारिएको र बिरामी परेको
फूल्ने चाहनाले फेरी उठेको
अनि फूलेको
विचरा आज आश मारेर
जवानीको माया मारेर
झरेछ त्यो फूल ।

 

प्रकाशित : बिहिबार, साउन २६, २०७४१९:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

म डाक्टर गोविन्द केसी