१०६ वर्ष पछि जस्ताको तस्तै निकालियो यो केक

एजेन्सी – एन्टार्कटिक हेरिटेज ट्रस्ट अनुसार निउजिल्यान्डका बैज्ञानिकहरुले अन्टार्कटिकामा १०६ बर्ष पुरानो फ्रुट-केक जस्ताको तस्तै पाइएको छ ।

‘ब्रिटिश केक मेकर हन्टिङले र पामर्सले बनाएको उक्त केक कागज भित्र थियो र टिन-प्लेटेड मिश्र धातुले बाहिरी भागमा बाँधिएको थियो,’ न्यूजील्याण्ड-आधारित च्यारिटीमा शोधकर्ताहरूले भने । “अज्ञात र गम्भीर रूपले खिया लागेको टिनको भित्र संरक्षित फ्रुट केक फेला पार्दा हामि एकदमै आश्चर्यचकित भयौं ” कार्यक्रम प्रबन्धक लिजिई मेकले भने । मीक अनुसार उक्त केक एकदमै अधिक ऊर्जायुक्त थियो र यस्ता केक अन्टार्कटिकाको जस्तो मौसममा अधिक उपयिगी हुन्छ । उनको टोलीले उक्त केक केप एडियरको झुपडीमा भेटेका थिए र केक रबर्ट फाल्कन स्कटको हो भन्ने बिश्वास गरिएको छ । स्कटल्याण्डका रबर्ट फाल्कन अन्टार्कटिकामा १९११ मा आएका थिए । उक्त झुपडी अन्टार्कटिकाकै पहिलो बासस्थान हो । नोर्वेजियन कार्स्टन बोर्कग्रेभिंक १८९९ मा अन्टार्कटिका आएका बेला उक्त झुपडी बनाइएको थियो र १९११ मा रबर्ट फाल्कनका टोली उक्त झुपडीमा बसेका थिए ।

 एन्टार्कटिक हेरिटेज ट्रस्ट अनुसार केक जति पुरानो भएपनि खान लायकको थियो र बासना पनि गजब भएको बताइएको छ । एन्टार्कटिक हेरिटेज ट्रस्टले त्यहाँ जाने मानिसहरुले पनि देख्न पाउने भनेर उक्त केक जहाँ थियो त्यहि राख्ने निर्णय गरेका छन् ।

 

 

प्रकाशित : बिहिबार, साउन २६, २०७४१७:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जब यी युवतीले ठट्यौलीमा भनेको कुरा साँचो सावित भयो…