जब यी युवतीले ठट्यौलीमा भनेको कुरा साँचो सावित भयो…

एजेन्सी, राजस्थान जयपुर जिल्लाको भरतपुरकी १६ वर्षीया छात्रा दिप्तीले भ्रमणमा जान लाग्दा भनेको कुरा साँचो भएको छ। उनि भ्रमणका लागि राजस्थानकै गोगामेडी दर्शनका लागि जान लागेकी थिइन् ।

उनलाई विदा गर्न आएका साथीहरुसँग उनले आफू माथि जान लागेको बताएकी थिइन् । साथीहरुले गाली गर्दा उनले साथीहरुलाई भनेकी थिइन् ‘मलाई तिमीहरुले सबैभन्दा बढी मिस गर्नेछौ ।’ उनले त्यसो भनेकी केहि समयमा नै उनको मृत्यु भएको खबर आएको थियो। भ्रमणमा जाँदा दुर्घटनामा परि उनको मृत्यु भएको थियो।

 

प्रकाशित : शनिबार, साउन २८, २०७४१५:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सधैँ तातो पोल्ने पानी बग्छ यो नदीमा: छोएमा हुन्छ यस्तो अनर्थ !