एजेन्सी, पाकिस्तानमा एक व्यक्तिले जागिर नछोडेकै कारण आफ्नो श्रीमतीको हत्या गरेको छ । पाकिस्तानको पन्जाब प्रान्तमा आरोपी युवकले आफ्नो श्रीमती (३७) लाई टाउकोमा बन्चरोले हानेर हत्या गरेको छ । पुलिसले बताएअनुसार शामको भाटियानमा बस्ने तिन बच्चाकी आमा नसरिनलाई छिमेकीले मांगा मंडीस्थित घरमा मृत फेला परेका थिए।
यो ठाउँ लाहौरबाट ४१ किलोमिटरको दुरीमा छ। पाकिस्तान मिडियाको खबरअनुसार पुलिससँग मिलेर अदालती विशेषज्ञहरुले घटनास्थलबाट सबुत जम्मा गरि साक्षिको बयान उजुरी गरेको छ।
महिलाको शवलाई पोस्टमार्टमको लागि लागिएको छ। पुलिस अधिकारी माहेर मुमताजले बताएअनुसार प्रारम्भिक जाचबाट थाहा भयो कि हत्या उनको श्रीमान अफराहीमले कथित ढंगमा गरेका थिए । महिला रायविंद क्षेत्रको एक उद्योगमा काम गर्थिन। तर उसको श्रीमानलाई उनले काम गरेको मन पर्दैन्थ्यो। र उसले जागिर छोड्न लगाएका थिए। मुमताजले बताएअनुसार श्रीमानले काम गर्न मनाही गरेपनि नसरिनले काम गरिरहेकी थिइन्।
अधिकारी मृत महिलाको बारेमा यसो भने,’महिलालाई श्रीमानले कोठाको ढोका बन्द गरि नसरिनमाथि बन्चरो प्रहर गरेका थिए। त्यतिबेला नसरिन सुतिरहेकी थिइन् । यो घटना नजिकको छिमेकीले थाहा पाएर उनीहरुले महिलाको टाउको काटेको अवस्थामा मृत फेला परेका थिए। आरोपी युवकलाई खोज्ने काम भैरहेको पुलिस अधिकारीले बताए।