यी युवतीले प्रेमीको लागि आफ्नो पिताको अरबौ धनसम्पति त्यागिन…

एजेन्सी, मलेशियामा एक युवतीले  मायाको लागि आफ्नो पिताको अरबौ धनसम्पति छोडेकी छिन्। यो घटना फिल्मी दुनियाको हैन वास्तविक घटना हो । मलेशियाको बिजनेस टाइकून लौरा एशलेकी छोरी फ्रान्सिस खुको अक्सफोर्डमा पढ्ने समयमा  जेद्दिया फ्रांसिससंग माया बस्यो  र उनि आफ्नो ब्वायफ्रेन्डसँग बिहे गर्न चाहन्थिन । तर उनको पिताले उनलाई विवाह नगर्न मनाही गरे । पिताको दवाबको अगाडी उनि झुकिनन् ।

पिताको इच्छा बिरुद्द विवाह गरेकै कारण उनले अफ्नो भागको सम्पति सबै छोड्ने निर्णय लिईन । साथै उनले भनिन, पैसाको कारण मानिसमा समस्या ल्याउछ । यसबाट छुटकारा पाउनु नै ठिक हो । फोर्ब्सको अनुसार उनको पिताको सम्पति ४०७ मिलियन डलर छ । यसबाट पहिले खुको आमा पोलिनको पनि एशलेसँग कानुनी लडाई भैसकेको छ।

यसमा आफैले आमाको साथ दिदै कानुनी लडाई पाँच वर्षसम्म लडेकी थिइन् र उनको आमाले डिभोर्स दिएका थिए। हुनत खुलाई अझै पनि आशा छ कि एकदिन उसको र पिताको बीच सबै कुरा ठिक हुन्छ। उनको रिस शान्त हुन्छ र पैसाको सट्टा सम्बन्धलाई प्राथमिकता दिन्छ । अहिले उनि लन्डनमा आफ्नो प्रेमीसँग बसिरहेकी छिन्।

 

प्रकाशित : मङ्गलबार, साउन २४, २०७४१९:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डाक्टरको हस्तलेखन खराब हुनुको यस्तो छ कारण