कालीगण्डकीमा शिवलिंग फेला

[sharethis-inline-buttons]
Leaderboard Banner

रामपुर (पाल्पा), २४ साउन । कालीगण्डकी नदी किनारमा शिवलिंग फेला परेको छ । रामपुर नगरपालिका–८ अन्तर्गत पर्ने पवित्र कालीगण्डकी नदीको किनारमा नुहाउने क्रममा शिवलिंग फेला परेको हो ।

सो शिवलिंगलाई यहाँका स्थानीयवासीले पूजाआजा गरी विधिवत्रुपमा मन्दिरमा भित्र्याएका छन् । कालीनदीको गैरीघाटमा रुद्रीपूजा गरेर रानीवासको सिद्धेश्वर मन्दिरमा सोमबार भित्र्याइएको स्थानीयवासी हरिप्रसाद खनालले जानकारी दिनुभयो ।

अहिले सो शिवलिंग हेर्न र पूजाआजा गर्न आउनेको मन्दिरमा भीड लागेको छ । रासस

प्रकाशित : मङ्गलबार, साउन २४, २०७४१०:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी राशि हुने मानिसहरुले प्रेम र बिबाह गरे सिधै असफल हुने, ज्यातिषशास्त्र