आज खण्डग्रास चन्द्रग्रहण: सुतक समय सुरु…..

काठमाडौं, २३ साउन – आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण सोमवारको दिन परेकाले पनि यसलाई चूडामणि चन्द्रग्रहण पनि भन्ने गरिन्छ।  यस दिन गरेको तीर्थस्नान, भजनकीर्तन र दानको विशेष महत्त्व छ ।

चन्द्रग्रहण राति ११ बजेर सात मिनेटमा शुरु हुन्छ । त्यसबेलामा खानपिन, मलमूत्र त्याग र कामक्रीडा गर्न नहुने मान्यता छ । तर त्यसभन्दा नौ घन्टाअघिदेखि नै यी कर्म गर्नुहुँदैन । ग्रहणभन्दा अघिको नौ घन्टालाई सूतक भनिन्छ भने ग्रहण अवधिलाई पर्व भनिन्छ । भनेपछि दिउँसो दुई बजेर आठ मिनेटपछि केही पनि खानुहुँदैन । सूतककालमा बच्चा, बूढा, गर्भवती स्त्री र आतूरलाई चाहिँ भोजन गर्न प्रतिबन्ध लगाइएको छैन ।

सूतक शुरु भएपछि घरमा भएका अचार, दूध, दही आदि खाद्य पदार्थमा कुश, तुलसी वा दूबो राख्नुपर्छ । त्यसो गर्दा यिनीहरूलाई ग्रहणले दूषित गर्दैन । घरमा भएका सुक्खा पदार्थमा कुश राखिरहनु पर्दैन । सूतकको समयमा तथा ग्रहणका बेलामा दान र जप गरेको ठूलो पुण्य हुन्छ ।

पवित्र नदी तथा तलाउहरूमा स्नान गर्नुपर्छ । ग्रहण सकिएको भोलिपल्ट बिहान ब्राह्मणहरूलाई दान दिनुपर्छ ।

प्रकाशित : सोमबार, साउन २३, २०७४१४:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कालीगण्डकीमा शिवलिंग फेला