चन्द्रग्रहण लाग्दा गर्न हुने कार्यहरु जानीराखौ !

काठमाडौँ, श्रावण २३ अर्थात् भोलि सोमबार शुक्ल पूर्णिमामा सन् २०१७ को दोस्रो आंशिक चन्द्रग्रहण लाग्दै छ । भोलि लाग्ने ग्रहण राति ११ बजेर ७ मिनेटमा सुरु हुने छ भने मध्यराति १२ बजेर ३७  मिनेटमा समाप्त हुनेछ ।

ग्रहण लाग्दा गर्न हुने केहि कार्यहरु यस्ता छन् :

१. चन्द्रग्रहण लाग्दा पूजा पाठ गर्नुपर्छ । पुजा गर्दा मनमनै मन्त्र जप्नु पर्दछ । पुजा गर्नु अघि घरलाई शुद्ध पार्नु पर्छ ।

२. ग्रहण पश्चात दानपुण्यका काम गर्ने, भजनकीर्तन गर्ने चलन शताब्दियौ  देखि चलिआएको छ । ग्रहणपछि खोला या तीर्थस्थलमा स्नान गर्ने चलन रहेको छन् ।

३. ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रमा उल्लेख छ ।

प्रकाशित : आइतबार, साउन २२, २०७४१८:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चन्द्र ग्रहण लाग्दा यी राशी भएका व्यक्तिलाई हुन्छ यसको नराम्रो असर ?