काठमाडौं, साउन २३ अर्थात् आज सोमबार शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण लाग्दै छ। आज लाग्ने ग्रहण राति ११ बजेर ७ मिनेटमा सुरु हुने छ भने मध्यराति १२ बजेर ३७ मिनेटमा समाप्त हुनेछ ।
चन्द्रमामा पृथ्वीको छाया परेको बेला ग्रहण लाग्ने गर्दछ । जब पृथ्वी चन्द्रमा र सुर्यको विचमा आउँछ अनि पृथ्वीको छायाले चन्द्रमाको सवै वा आधा भाग कालो हुन्छ ।
चन्द्र ग्रहणलाई खुला आँखाले हेर्न सकिन्छ तर सूर्य ग्रहणलाई खुला आँखाले हेर्नु हुँदैन । तर खगोलविगद टेलिस्कोपबाट यसलाई देख्न सकिन्छ । यो ग्रहणले कुनै–कुनै राशिलाई नराम्रो प्रभावपनि पार्ने गर्छ भने कसैलाई यसको राम्रो असर पर्ने बताइन्छ । यो खण्डग्रास चन्द्रग्रहण श्रवण नक्षत्र र मकर राशि भएका मानिसका लागि कष्टप्रद छ । त्यसैले यो राशि र नक्षत्र भएका मानिसले जप, दान गर्दा राम्रो हुन्छ ।