खण्डग्रास चन्द्रग्रहण सुरु, कुन राशिलाई कस्तो प्रभाब ?

काठमाडौँ, आज अर्थात् श्रावन २३ गते सोमबार खण्डग्रास चन्द्र ग्रहण परेको छ । रातको ११ बजेर ७ मिनेटमा स्पर्श गर्ने चन्द्र ग्रहण रातको १२ बजेर ६ मिनेट जादा मध्य हुनेछ भने रातको १ बजेर ४ मिनेट जादा मोक्ष वा सकिनेछ । खण्डग्रास चन्द्रग्रहण लाग्दा निम्न रासिका ब्याक्तिहरुलाई निम्न फल प्राप्त हुनेछ ।

मेष राशीलाई सुख, बृषलाई माननास, मिथुनलाई कष्ट, कर्कटलाई स्त्रीपीडा, सिंहलाई सुख, कन्यालाई चिन्ता, तुलालाई व्यथा, बृष्चिकलाई श्रीप्राप्ती, धनुलाई क्षति, मकरलाई घात, कुम्भलाई व्यय र मीनलाई लाभ हुनेछ ।

श्रावण नक्षत्रमा जन्म लिने व्याक्ति तथा मकर राशीका व्याक्तिहरुलाई अतिकष्ट हुनेछ । श्रावण २३ गते सोमबार दिनको २ बजेर ७ मिनेटदेखि बाल,बृद्ध र बिरामीलाई बाहेक अरुले भोजन गर्न हुँदैन ।

  • यूवा ज्योतिषि डिपि भण्डारी
प्रकाशित : आइतबार, साउन २२, २०७४१७:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चन्द्रग्रहण लाग्दा गर्न हुने कार्यहरु जानीराखौ !