गर्भावस्थाको समयमा घरमै बसी गर्नुहोस यस्तो फाइदाजनक व्यायाम !

काठमाडौँ, के तपाईलाई थाहा छ व्यायामले अरुबेला मात्र हैन गर्भावस्थाको समयमा पनि फिट राख्छ । यो समयमा डाक्टरले पनि व्यायाम गर्न सल्लाह दिने गर्दछ । हिड्दा वा घरमा काम थकाई लाग्ने कार्य पनि व्यायाम गरे बराबर मानिन्छ।

यदी तपाई गर्भावस्थाको समयमा फिट रहनको लागि केहि यस्ता व्यायामको खोजीमा हुनुहुन्छ । र जुन घरमै गर्न सकिनेहोस् भन्ने चाहनुहुन्छ भने हामी तपाइलाई ति व्यायामको बारे जानकारी गराउछौ। जुन व्यायाम गर्नको लागि कहि जानु जरुरत हुदैन । घरमा पनि व्यस्त कार्यबाट समय निकाली यो व्यायाम गर्न सकिन्छ।

१. सहि स्थान छान्ने छनौट गर्ने : सबैभन्दा पहिले आफ्नो घरको त्यो ठाउँ छनौट गर्नुस जहाँ तपाई खाली समयमा व्यायाम गर्न सक्नुहुन्छ। व्यायाम गर्ने ठाउँमा पर्याप्त मात्रामा उज्यालो र हावा हुनु आवश्यक हुन्छ । तपाई चाहे टिभी हेर्दै पनि व्यायाम गर्न सक्नुहुन्छ। यसले तपाइलाई मनोरंजन पनि दिनेगर्छ। यसको सट्टा तपाई भिडियोको मद्दतले पनि व्यायाम गर्न सक्नुहुन्छ। यसको लागि तपाईले स्क्रिनमा हेर्दै त्यही अनुसार व्यायाम गर्नसक्नुहुन्छ। यदी तपाईलाई व्यायाम गर्दै गर्दा थकाई वा चक्कर लागेको महसुस भयो भने व्यायाम गर्न बन्द गर्नुपर्छ र थोरै समय आराम गर्नुपर्छ।

२. स्ट्रेचिंग व्यायाम : गर्भावस्थाको समयमा स्ट्रेचिंग व्यायाम गर्दा मांसपेशीमा लचिलो र न्यानो हुन्छ । यसबाट प्रसवको समयमा हुने पिडा कम हुन्छ  ।

३. घाँटी घुमाउने : आफ्नो घाटी र काँध आरामले राख्नुस र टाउको अगाडी झुकाउनुहोस्। त्यसपछि बिस्तारै आफ्नो टाउको दाँया काँधपट्टि घुमाउनुहोस् फेरी टाउको बिचमा राख्नुस । त्यसैगरि फेरी टाउको बाँया काँधपट्टि घुमाउनुस । यस्तै गरि यो प्रक्रिया ४ पटक दोहोर्याउनुस ।

४. पौडी: आफ्नो दाँया हात माथि उठाइ शरीरलाई अगाडी फैलाउनुस र त्यसलाई किनारापट्टि मोड्नुस । यो प्रक्रिया बाँया हातले पनि गर्नुहोस। यस्तै गरि यो व्यायाम १० पटक गर्नुहोस। यसले गर्दा प्रसव पिडा कम हुने गर्छ।

५. टेलर व्यायाम: गर्भावस्थाको समयमा महिलाहरुले घरमा सजिलैसँग टेलर व्यायाम गर्न सक्छन। यसबाट महिलाको हिप र तिघ्रा को मांसपेशी बलियो हुन्छ। साथै कम्मरको दुखाई पनि कम हुन्छ।

जान्नुहोस्! कसरि गर्ने टेलर व्यायाम : दुवै खुट्टा अगाडी फैल्याउने। दुवै खुट्टा घुँडाबाट मोड्ने र दुवै तलवे आपसमा मिलाउने। आफ्नो दुवै हातले खुट्टाको औँलाहरु समात्ने र कुर्कुच्चा शरीर नजिक लाने प्रयास गर्ने। शरीरलाई सिधा राख्ने जसबाट ढाडको हड्डी सिधा हुनेछ। सामान्य गतिमा सास लिने र दुवि खुट्टा एक साथ माथि लगि फेरी तल झार्ने। यस्तो गर्दै गर्दा खुट्टाले जमिनमा नछुने प्रयास गर्नुपर्छ। यसपछि खुट्टा बिस्तारै सिधा गर्ने । र अरु केहि समयसम्म शरीरलाई खुल्ला छोड्नुहोस्।

प्रकाशित : सोमबार, साउन १६, २०७४१४:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी महिनामा जन्मने बच्चाहरुमा हुन्छ यी रोगहरु, अनुसन्धानद्वारा भयो खुलासा