बैंकको ब्याजबाट बच्नको लागी यी चिनी महिलाले गरिन यस्तो कर्तुत

एजेन्सी- बैंकको ब्याजबाट बच्नको लागि एक चीनकी महिलाले यस्तो काम गरेकी छिन कि तपाई दङ्ग पर्नुहुनेछ । यो कुरा थाहा पाएपछि पुलिस समेत दङ्ग परेका थिए । महिलाले २५ मिलियन युआनको ब्याज बैंकमा तिर्नुपर्ने थियो ।

यहि बैंकको ब्याजबाट बच्नको लागि ५९ वर्ष कि ति महिलाले आफ्नो प्लास्टिक सर्जरी गराइन । चाइनाको निउज च्यानल शिन्‍हुआ अनुसार एक स्थानिय अदालतले महिलालाई ब्याज तिर्न आदेश दिएको थियो । त्यसपछि महिला लुकेर सेन्जेन सहर पुगिन । जब उक्त महिला पक्राउ परिन, तब ति महिलालाई देखेर सबै छक्क परे । त्यहाँको एक पुलिस अफिसर भन्छन कि ५९ वर्षको उक महिला ३० वर्षको जस्तो देखिएकी थिइन ।

उक्त महिलाको पहिचान हु नाजुआनको रुपमा भएको थियो । उनले अरुनै मानिसको पहिचान पत्र बोकी ट्रेनबाट देशभर हिँडेको पनि स्वीकार गरेकी छिन । महिलाले आफ्नो बैंक कार्ड्स प्रयोग गरी प्लास्टिक सर्जरी गरेको पनि खुलासा भएको हो । चिनमा धेरै चोटी यस्तो घटना भएको छ । धेरै संख्याको मानिसहरु बैंकको ब्याज तिर्दैनन । यस वर्ष अहिले सम्म १८६ जना यस्तो मामिलामा कारवाहीमा परेका छन् ।

 

प्रकाशित : सोमबार, साउन १६, २०७४१५:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक यस्तो गेम जुन खेलेपछि आत्महत्या गरे यी १४ वर्षीय किशोरले [भिडियो सहित]