एजेन्सी, रुसमा बनेको ‘ब्लू ह्वेल च्यालेन्ज’ नाम रहेको गेम खेलेकै कारण एक किशोरले आत्महत्या गरेको खुलासा भएको छ । यो एक इन्टरनेट गेम हो । १४ वर्षका किशोरले गेमको प्रभावले ७ तलाबाट हाम्फालेर आत्महत्या गरेका छन् । उसले आत्महत्या गर्नुअघि छतमा उभिएर खिचिएका केहि फोटो आफ्नो साथिहरुलाई ह्वाट्सएपमार्फत पठाएका थिए । अनुसन्धान रिपोर्टअनुसार ती किशोरले गुगलमा आत्महत्या गर्ने तरिका पनि खोजेका रहेछ ।
यसअघि पनि यो गेम खेलेर १ सय ३० जनाले आत्महत्या गरिसकेको बताइएको छ । हालै आत्महत्या गर्ने किशोर भने मुम्बइ, अंधेरीको हो ।
प्रहरी स्रोतले ती किशोरको फोनमा आत्महत्या गर्ने तरिका सर्च गरेको पाइएको जनाएको छ । यो गेममा खेलाडीलाई ५० दिनसम्म विभिन्न कामहरु पूरा गर्न दिइन्छ । एक एक गरेर सबै काम पूरा गरेपछि अन्तिममा आत्महत्या गर्न उक्साइन्छ । रुसका फिलिप बुडेकिनले यो गेम २०१३ मा बनाएका हुन् । २०१५ मा यो गेमका कारण आत्महत्या गरेको घटना बाहिरीएपछि फिलिपलाई गिरफ्तार गरेर मुद्दा चलाइएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >>