एजेन्सी – चाणक्य शास्त्र एउटा कुटिल र निकै महत्वपूर्ण ज्ञानहरुको भण्डार हो। पूर्वीय दर्शनका प्राचीन कालका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए, चाणक्या । उनि राजनीति शास्त्र, अर्थशास्त्र, आदिका ज्ञाता एवं महान ग्रन्थहरू रचनाकार समेत थिए ।
चाणक्यले आफ्नो जीवनमा जे कुरा अनुभव प्राप्त गरे, त्यो नियम बनाए ती ति प्राचीन सिद्धान्त र नियमहरु आज पनि उत्तिकै नै सान्दर्भिक र उपयोगी पनि रहेका छन् । उनले जुन यस्ता कुराहरु, सिद्धान्तहरु तथा भनाईहरु बताएका छन्, व्यक्तिको जीवनमा सफलता र सत्मार्ग मात्र मिल्ने खालका छन्। उनका दिप्या बचनहरुले कहिले पनि कसैलाई पनि हानी वा नोक्सानी बेहोर्नु पर्दैन् ।
उनले अगाडि सारेका नीतिहरुलाई लागु गर्ने हो भने मानिस जस्तासुकै अप्ठ्यारा र असहज परिस्थितिबाट पनि पार लाग्न सकिन्छ । चाणक्यका यस्ता केहि नीतिहरु सधै ध्यान राख्नुस् तपाइको जिवनमा सुमार्ग र सफलाका प्रसस्त बाटाहरु खुल्ने छन्।
आफैलाई पहिचान गर्नु,
मानिसलाई आफ्नो योग्यता र कुशलताको पहिचान हुनुपर्छ। योग्यताले नभ्याउने काम गर्नुहुन्न । आफूलाई सुहाउने र क्षमता पुग्ने कार्य गर्दा सफलता हासिल हुन्छ ।
समय तथा स्थान चिन्नु,
मानिसलाई आफू बसेको स्थानका बारेमा पहिचान हुनुपर्छ । त्यहाँको वातावरण र परिस्थितिले धेरै कुरा तय गर्छन्। यदि खराव मानिस बस्दछन् भने सावधान रहनुपर्छ भने वातावरण स्वास्थ अनकुल छैन् भने त्यसबाट बच्न पहिलै प्रवन्ध गर्नुपर्छ ।
जोसुकै समझदार मानिसले पहिचान गर्दछ हाल कस्तो समय चलिरहेको छ । सुख दिन छन कि दुःखमा जिन्दगी चलिरहेको छ ? यसकै आधारमा काम गर्नुपर्छ । दुःखका बेला धैर्यता नगुमाउनु र समझदारीका साथ अगाडी बढ्नु र सुखमा बेलामा लापरवाही गर्नुहुँदैन् ।
मित्र र शत्रुलाई चिन्नु,
मानिसले आफ्ना मित्र र शत्रु चिन्न सक्नुपर्छ । हामीले सच्चा मित्र र शत्रु चिन्यौ भने हानीबाट बच्न सकिन्छ । जीवनमा मित्रका भेषमा शत्रु पनि आउँछन् । यिनीहरुबाट बच्नुपर्छ । शुत्रलाइ चिनेर उनीहरुबाट सधै बच्नुमा भलाई हुन्छ ।
गुरु बर्मा गुरु बिष्णु महेश्वर भन्ने भावलाई अँगाल्नु,
मानिसलाई आफ्नो गुरु वा स्वामीको चाहनाको पहिचान हुनुपर्छ। उनी जे काम गराउन चाहन्छन् त्यही गर्नुपर्छ । यसो गर्दा केही अफ्ट्यारोको सामना त गर्नुपर्ला र यही सहि नीति हो ।
आय र व्यायको सहि पहिचान गर्नु,
मानिसलाइ आफ्नो आय–व्याय अर्थात कमाइ–खर्चको पहिचान हुनुपर्छ । आफ्नै कमाई अनुसार खर्च गर्ने हो । आफ्नो आर्थिक तागत बमोजित योजना गर्नुपर्छ ।