यसरी निधारबाटै थाहा हुने, तपाई धनी बन्नुहुन्छ या ज्ञानी ?

एजेन्सी – पूर्वीय दर्शन अन्तर्गत ज्योतिष शास्त्रलाई एक बैज्ञानिक शास्त्र नै मानिन्छ। त्यसैले होला यसलाई ज्योतिष विज्ञान पनि भन्ने गरिन्छ।

 ज्योतिषीहरूले हाम्रो जन्ममिति, हात या राशी हेरेरै हाम्राबारे धेरै भविष्यवाणी गर्ने गर्छन् सत्य साबित भएका धेरै उदहारणहरु पनि छन्। त्यसमाथि ज्योतिष बिज्ञान अन्तर्गत निउमेरिकल बिधिबाट गरिने भविष्यवाणीलाई त धेरै हद सम्म सबैले मान्ने गरेका पनि छन्।  आज हामी तपाईलाई यस्तो नयाँ कुरा बताउन जाँदै छौ, जुन तपाईलाई थाहा पनि नहुन सक्छ। अब निधार हेरेकै भरमा पनि मानिसको भविष्यवाणी गर्न सकिन्छ सकिन्छ यति मात्र हैन निधार हेरेरै तपाई मानिसका अनेकौं रहस्य समेत खोलिदिन सक्छौं ।

तपाई पनि यो कुरा जान्न सक्नुहुन्छ । समुद्रशास्त्र पढ्नुभयो भने हरेक व्यक्तिको निधारमा उसको जीवनसँग जोडिएको कुरा लेखिएको थाहा लाग्छ । ल, हेरौं न त तपाईंको निधारमा के लेखिएको छ । समुद्रशास्त्र भगवान् शिवका छोरा कार्तिकेयले लेख्नुभएको हो । यस शास्त्रका अनुसार निधारका रेखा र बनावट हेरेर को ज्ञानी हुन्छ, को धनी हुन्छ र कसलाई आर्थिक समस्या पर्छ सबै थाहा हुन्छ ।

निधार ठुलो हुने मानिस,
निधार ठूलो हुने मान्छे बुद्धिमान् हुन्छन् । यस्ता व्यक्तिलाई धेरै विषयको जानकारी हुन्छ ।

अगाडिपट्टि चुच्चो परेको निधार भएका मानिस,                                                                        

अगाडिपट्टि चुच्चो परेको निधार भएको व्यक्ति लोभी हुन्छ । भनाइको मतलब यस्तो व्यक्तिलाई धन बटुल्न खुबै मन लाग्छ । अर्काको धनसम्पत्ति देखेर यस्ता व्यक्तिले खुब डाहा गर्छन् ।

चम्किलो र चिल्लो निधार भएका मानिस,
चम्किलो र चिल्लो निधार भएको व्यक्ति प्रतिभाशाली र गुणवान हुन्छ । यस्ता व्यक्तिले आफ्नो प्रतिभा र ज्ञानबाटै धनसम्पत्ति कमाउँछन् ।

प्रकाशित : शनिबार, साउन १४, २०७४१८:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यदी तपाईले चाहेजस्तो जागिर पाउनुभएन भने ज्योतिष शास्त्रअनुसार यस्तो उपाय अपनाउनुस्…