एजेन्सी- इङल्याण्डका यी किशोरलाई यस्तो अनौठो रोग लागेको छ जसका कारण उनले निदाएका बेला सास आफै रोक्किने गर्छ। १८ वर्ष हुन लागेका लियाम डर्बिशायर नामका यी किशोरलाई निकै दुर्लभ किसिमको रोग लागेको डाक्टरहरुको भनाइ छ।
इंग्ल्यान्डमा रहने यी किशोरलाई सेन्ट्रल हाइपोभेंटिलेशन नामक एकदमै दुर्लब रोग लागेको छ।संसारभरी जम्मा 1,500 व्यक्तिलाई मात्र यो रोग भएको अनुमान गरिएको छ। लियाम जब जब सुत्छन, त्यतिबेला उनको श्वास रोकिने गर्छ। कहिलेकाहीं साधारण मानिसलाई पनि राती सुत्दा श्वास लिन गाह्रो भएको हुन सक्छ तर लियामको मामिलामा भने यो रोग निकै गम्भीर अवस्थामा छ। उनको सास पुरै रोक्किने गर्छ। डाक्टर अनुसार उनि ६ हप्ता भन्दा बाँचदैनन्।
लियाम अहिलेसम्म आफ्नो विशेष किसिमको मेडिकल बेडमा सुत्ने गर्छन् जहाँ लाइफ सपोर्ट सिस्टम जडान गरिएको छ। यस सिस्टमले उनी निदाइरहेको बेला स्वाश प्रणालीमा अक्सिजनको कमि आउन दिदैन। उनको कोठामा एउटा सेन्सर पनि जडित छ जसले उनि जिउँदो छन् कि छैनन् भनेर थाहा पाउन सक्दछ। उनि सुत्ने समय हरेक बेला कोहि न कोहि हुने गर्छन जसले गर्दा आपतकालीन स्थितिमा केहि भने पनि सहयोग हुन्छ।