एजेन्सी, संसारमा सबैभन्दा बढी माया गर्ने एउटा महान शब्द हो आमा, जसले आफ्नो बच्चालाई निश्वार्थ माया गर्ने गर्दछ । जीव-जनावर होस् या मानिस होस् यी दुवैमा बच्चाको माया अपार हुने गर्दछ। जनावरभित्र पनि आफ्नो बच्चाप्रतिको माया हुने गर्दछ।
आज हामी तपाईंलाई केही यस्ता तस्बिर देखाउँदैछौं जसमार्फत आमाको मायालाई बुझ्न सकिन्छ । इकोलोजिस्टका अनुसार जनावरलाई दुई समूहमा बाँडिएको हुन्छ । ती हुन् ‘आर’ र ‘के’ । ‘के’ समूहमा हात्ती, बिरालो र मानिस समावेश गरिएका छन् । यो समूहमा समावेश गरिएका जीव आफ्नो जीवन कालमा कम बच्चालाई जन्म दिन्छन् र उनीहरुसँग निकै लगाव हुन्छ।
‘आर’ समूहका जनावरका धेरै बच्चा हुन्छन् जसमध्ये धेरैको मृत्यु हुन्छ । साथै उनीहरु चाँडै ठूला हुन्छन् र आफ्नो आमाबुवाबाट टाढा जान्छन् ।
तल दिइएका यी तस्बिरहरुले पक्कै पनि तपाईंको हृदयमा स्पर्श गर्नेछ: