एजेन्सी, अबैध सम्बन्धको कारण कहिलेकाही मानिसहरु यस्तो सम्म गर्छन जसबाट एकैचोटी धेरैको जिन्दगी बर्बाद हुने गर्दछ। यस्तै भएको छ गोरखपुरको कैंट क्षेत्रमा, जहाँ एक महिलाले अबैध सम्बन्धमा लगेर आफ्नो प्रेमीसँग मिलि आफ्नै पतिको हत्या गरेको छ।
रिपोर्टअनुसार, पुलिसको टोलीले राति ड्युटी गर्ने समयमा बाइकमा लास राखेर फाल्न गैरहेको देख्यो। त्यसपछि पुलिसले उनीहरुलाई ५ किलमिटरसम्म फलो गर्दै उनीहरुलाई पक्राउ गरे। उक्त शव विशुनपुरवा निवासी विवेक प्रताप सिंह (३५) को रहेको पहिचान भएको छ। लगभग १२ घण्टापछि सीओ कैंट रहेका अभय कुमार मिश्र घटनाको खुलासा गरेको छ।
विवेकको हत्या उसको श्रीमतीले आफ्नो प्रेमीसँग मिलेर गरेकी थिइन्। उनको प्रेमी विवेक ६ वर्षको छोरालाई पनि मार्न चाहन्थे तर सुष्माले उसलाई रोक्दै यो तिम्रो रगत हो उसलाई छोडदेउ भनेपछि मात्र छोडेको थियो। विवेकले सुष्माको छोरा अगाडी उनको श्रीमानलाई मारेका थिए।