एजेन्सी – यी बाईकवाला आफूलाई भगवान् शिवको भक्त मान्ने साधु दुलानाथले थुप्रै धार्मिक स्थलहरूको यात्रा गरिसकेका छन् । उनको विशेषता भनेको यो हो कि उनले जहाँ जाँदा पनि आफूले पालेको कुकुरलाई संगै बाइकमा लिएर हिँड्ने गर्छन ।
कुकुरप्रतिको उनको स्नेहभावले उनलाई वरपरको इलाकामा लोकप्रिय बनाइदिएको छ । नाथ आफ्ना कुकुरहरूलाई पनि भक्त मान्छन् । साधु दुलानाथका अनुसार उनी विगत १० वर्षदेखि कुकुरहरूका साथ यात्रा गरिरहेका छन् । हालै उनले अमरनाथ यात्रा पनि गरे । उनी कुकुरलाई कहिल्यै बेवारिसे नछोड्ने बताउँछन् ।
नाथले बाइक चढेर आफ्ना सबै कुकुरहरूलाई धार्मिक स्थलको दर्शन गराइसकेका छन् । उनका अनुसार उनका कुकुर पनि भोलेबाबाका भक्त हुन् र उनीहरूलाई धार्मिक स्थलको दर्शन गर्न खुबै मन लाग्छ ।