यी १६ वर्षीय युवकको ७१ वर्षीया महिलासँग माया बसेपछि…

एजेन्सी- भनिन्छ माया गर्नेहरुको लागि उमेर, जात, धर्म जस्ता कुराहरुको कुनै प्रवाह हुदैन । हो यस्तै भएको छ  इण्डोनेसियामा पनि,  इण्डोनेसियाको एक १६  युवकले आफु भन्दा दोब्बर-तेब्बर अर्थात् ७१ वर्षकी महिलासंग प्रेम गरेका छन्। साथै उनले उक्त प्रेमलाई विवाहमा परिणत समेत गरिसकेका छन् । १६ वर्षीको युवक र ७१ वर्षीय महिला बिचको त्यो अनमोल बिहेको भिडियो यतिबेला सोसल मिडियामा भाइरल भएको छ ।

आफु भन्दा बढी उमेरकी महिलासँग माया प्रिति बसेपछि सेलामतलाई धेरैले बिरोध गरेका थिए । तर उनको ती वृद्धासँग यति गहिरो प्रेम थियो कि उनिहरु एक अर्काविना बाँच्नै नसक्ने भएका थिए ।

७१  वर्षीय रोहायाले भने  यसअघि नै दुईपटक विवाह गरिसकेकी थिइन् । तर उनका दुबै श्रीमान मरिसकेका छन्।जीवनको आखिरी समय गुजारिरहेकी उनले यो उमेरमा पनि १६ वर्षको लक्का जवान भएको  श्रीमान पाएकी छिन्  ।

दुबैजनाको घर परिवारले उनीहरुको सम्बन्धको विरोध गरिरहेका थिए र कुनै पनि हालतमा बिहे गर्न नदिने पक्षमा थिए । तर, उनीहरुले यदि बिहे गर्न नदिएमा आत्महत्या गर्ने धम्की दिए । त्यसपछि घरपरिवारका मान्छे डराएर बिहे गराइदिएका थिए  । उनीहरुको बिहे परम्परागत रितिरिवाज अनुसार नै भएको थियो ।

प्रकाशित : शुक्रबार, असार ३०, २०७४१४:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१ सय १० युवतीसँग डेट गरिसके यी व्यक्तिले ३ सय ६५ पुर्याउने यस्तो छ यिनको योजना, हो हुन् यी मानिस ?