१५० वर्ष अघि यस्तो थियो ब्रिटेन र त्यहाँको रहनशहन(फोटोफिचर्स)

एजेन्सी- बदलिदो समयसंगै पुरै ब्रिटेननै बदलियो। वर्तमान समयको ब्रिटेनको मानिसहरुको जिबनशैली देखेर हामीले अहिले कल्पना पनि गर्न सक्दैनौ कि यो देश १५० वर्ष अघि यस्तो थियो। पहिलेका प्रसिद्द फोटोग्राफर फ्रांसिस फ्रिथले लगभग १५० वर्ष अघि एउटा प्रोजेक्ट सुरु गरेका थिए। त्यहि प्रोजेक्टको समयमा उनले ब्रिटेन हरेक सहर घुमी त्यहाँको जिबनशैलीलाइ क्यामरामा कैद गरेका थिए।

१५० वर्षअघि फ्रांसिस फ्रिथले खिचेका यी फोटाहरु पहिलो चोटी दुनियाँको सामू आएको हो। फ्रिथले उक्त प्रोजेक्टको बेलामा ३ लाख भन्दा बढी फोटोहरु खिचेका थिए जसका लागी उनले ८००० सहर र गाउँको चक्कर लगाउनु परेको थियो। यो सबै फोटोहरु मिस्टर फ्रिथ एण्ड द फ्रिथ कम्पनींले १८६० देखि १८७० को बिचमा तयार गरिएको थियो।

प्रसिद्द फोटोग्राफर फ्रान्सिस फ्रिथको जन्म सन् १८२२ अक्टुबर ७ मा यूएक को चेस्टफिल्डमा भएको थियो भने २५ फेब्रअरी १८९८ मा उनको मृत्यु भएको थियो।

यिनै हुन् फ्रान्सिस फ्रिथ र उनका टिमले खिचेका ति ऐतिहासिक फोटोहरु र यसले पहिलेको ब्रिटेनको मानिसहरुको जीवनशैली र रहनशहनको बारेमा देखाउछ।

 

 

 

प्रकाशित : शुक्रबार, असार २३, २०७४१२:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जम्मा ४८ लाखमा २४ घण्टामा बनाइयो यस्तो शानदार घर