जम्मा ४८ लाखमा २४ घण्टामा बनाइयो यस्तो शानदार घर

एजेन्सी- आफ्नो श्रीमतीको जन्मदिनमा आफ्नो श्रीमतीलाइ आश्चर्यमा पार्न एक व्यक्तिले २४ घण्टामा एउटा शानदार घर बनाइदिए। यो घटना भारतको उत्तर बेंगलुरुको हो। यो घर २४०० स्क्वायर फीटमा ४८ लाख भा.रु. मा बनाइएको हो। साथसाथै २४ घण्टामा यस्तो घर बनाएको भनि यसलाई लिम्का बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्जा गर्न सिफारिस दिइएको छ।

कोडागुमा बस्ने उक्त बिज्नेसम्यानले आफ्नो श्रीमतीको जन्मदिनमा सर्वश्रेष्ठ उपहार दिने निर्णय लिई उक्त घर बनाएका थिए। ऊ आफुले श्रीमतीलाइ दिएको गिफ्ट जीवनभर स्मारक रहोस भनेर उनले आफ्नो श्रीमतीको लागि मार्बलको घर तयार गरे त्यो पनि जम्मा २४ घण्टामा। सामान्य भन्दा सामान्य घरलाई नै अहिले लगभग ८० लाख भा.रु देखि १ करोड भा.रु सम्म पर्छ त्योपनि बिना कर जोडी तर उक्त घर जम्मा ४८ लाख भा.रु मा बनाइएको हो।

निर्माण कम्पनीको चिफ भन्छन,”हामीले यो घर निर्माण गर्नको लागि नयाँ सोचको उपयोग गरी घरको नयाँ ढाँचा तयार गरेका हौँ। यो घरमा लगभग १५ देखि २० वटा ठुला तत्वहरु प्रयोग गरेका छौं जसलाई एताउता लैजान ट्रेलरको प्रयोग गरेका छौं। यो घरलाई हामीले एकदमै ध्यानमा राखी बनाएका छौं किनभने यो घर हामीले मात्रै २४ घण्टा भित्र बनाइसक्नुपर्ने थियो।”

 

 

 

प्रकाशित : शुक्रबार, असार २३, २०७४१३:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एउटा कुखुराले सानो बच्चालाइ मारेपछि…